२०८३ बैशाख १९ गते , शनिबार
बिएण्डसीका सञ्चालक प्रसाईले बिर्तामोडमा सभा गर्ने
बिर्तामोड । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका सञ्चालक दुर्गा प्रसाईले आज बिर्तामोडमा सभा आयोजना गर्दैछन् । केहि दिन अघि विद्युतीय कारोबार ऐन र संगठित आपराधिक लाभ लिएको कसुरमा पक्राउ परेर रिहा भएका बिएण्डसी अस्पतालका संचालकसमेत रहेका प्रसाईंले आज बिर्तामोडमा र्यालीसहितको सभा गर्न लागेका हुन् ।
बैंक तथा वित्तीय संस्थाहरुप्रति खरो रुपमा प्रस्तुत भएका प्रसाईंले बिहान ११ बजे बिर्तामोडको हनुमान कम्प्लेक्सअगाडि मोटरसाइकल र्यालीपछि सभा गर्ने भएका हुन् । दमकबाट मोटरसाइकल र्याली शुरु भई बिर्तामोडमा सभामा परिणत हुने आयोजकले जनाएको छ ।