२०८३ बैशाख १९ गते , शनिबार
मेचीनगरस्थित लिटल सेफ फास्ट फुड क्याफेमा आगलागी
बिर्तामोड । झापाको मेचीनगर–१२ स्थित लिटल सेफ फास्ट फुड क्याफेमा आगलागी भएको छ । शुक्रबार बिहानको राति १ बजे आगलागी भएको हो ।
मेचीनगर–१२ माइलाबारीस्थित दामोदार दाहालको घरमा मेचीनगर–१३ बस्ने प्रदिप लिम्बुले सञ्चालन गरेको क्याफेमा इन्भटरको तार सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट क्याफेमा रहेका फ्रिज, र्याक, विभिन्न ब्राण्डका मदिरालगायत फर्निचार चलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीबाट ८ लाख बराबरको क्षति भएको अनुमान छ ।