२०८३ बैशाख १९ गते , शनिबार

बिर्तामोडको भत्किएका सडक मर्मत हुँदै

sajilo news
परिवेश मिडिया
२०८१ पौष २८ गते , आईतबार
बिर्तामोडको भत्किएका सडक मर्मत हुँदै

बिर्तामोड । बिर्तामोड नगरपालिकाले सडक स्तरोन्नतिसंगै भत्किएका सडक मर्मत कार्यलाई पनि अघि बढाएको छ ।
नगरले सबै वडाभित्र भत्किएका सडकहरुमा मर्मत कार्य अघि बढाएको हो ।
सडक बोर्ड नेपालसंगको साझेदारीमा मर्मत योजना सञ्चालन गरिएको पालीकाले जनाएको छ ।
कौशल्या बिर्ल्डस लक्ष्मीपुर सिराहाले सडक मर्मतको जिम्मा लिएको छ । सडक बोर्डको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत गरी कुल ९१ लाख ६ हजार ७२३ रुपैयाँमा कौशल्याले मर्मतको ठेक्का पाएको हो ।
यस योजना अन्तर्गत पर्ने शनिस्चरे रोडदेखि अतिथि सदन, पूर्वपश्चिम राजमार्गदेखि कृष्णहल जाने सडक, न्युटन्स स्कुल जाने सडक, वडा नम्बर ८को सेन्ट जेभियर्स स्कुल जाने सडकमा यस अघि नै स्तरोनन्ती सम्पन्न भइसकेको छ ।
बाँकी रहेका पुरानो भद्रपुर रोड, हिकोला रोड कृषिथोक उत्तर सडक, वडा नम्बर १ को पञ्चकन्या टोल सडक,  वडा नम्बर ३ बिर्ताबजारदेखि घैलाडुब्बा जाने सडक लगायतका सडकहरु मर्मत भईरहेको नगरका ईन्जिनियर नरेन्द्र श्रेष्ठले जानकारी दिए ।
यो योजनाको ठेक्का सम्झौता यहि पुस मसान्तमा सकिने बिर्तामोड नगरपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार