२०८३ बैशाख १९ गते , शनिबार

करोडौँ मुल्यको भेप सशस्त्र प्रहरीद्वारा बरामद

sajilo news
परिवेश मिडिया
२०८१ पौष २८ गते , आईतबार
करोडौँ मुल्यको भेप सशस्त्र प्रहरीद्वारा बरामद

काठमाण्डौ सशस्त्र प्रहरीले करोडौँ रुपैयाँ बराबरको इलेक्ट्रोनिक सिगरेट (भेप) बरामद गरेर राजश्व अनुसन्धान विभागलाई बुझाएको नेपालचीन सीमा नाकाबाट तस्करी भई आएको भेप बरामद गरी राजश्व अनुसन्धान विभागलाई बुझाइएको हो

यस विषयमा भने सशस्त्र प्रहरीले केही बोल्न चाहेको छैन गत साता ललितपुरको इमाडोल शितलहाइटको गोदाममा भण्डार गरी राखिएको अवस्थामा भेप बरामद गरिएको थियो स्रोतका अनुसार पुस २२ गते सो कार्यमा संलग्न हुन सक्ने आशंकामा दुई जना व्यक्ति पक्राउ गरिएपछि करोडौँ रुपैयाँ बराबरको सामान बरामद भएको हो

सुरुमा पाँच सयभन्दा बढी कार्टुनमा प्याक गरिएको अवस्थामा दुई ट्रक परिमाणको सामान बरामद भएको सशस्त्र प्रहरीले जनाएको उक्त सामान तातोपानी नाकाबाट चोरी पैठारी गरी भन्सार छली गरी ल्याइएको आशंका गरिएको सो भेपको बजार मूल्य अन्दाजी १५ करोडभन्दा बढी रहेको बताइएको

यसैगरी सशस्त्र प्रहरी निरीक्षक विजय तुलाधरको दुर्घटनामा संलग्न गाडीमा समेत एक हजार चार सय थान भेप रहेको स्रोतको दाबी सो विषयमा सर्लाही प्रहरी राजश्व अनुसन्धान विभागमा पथलैयाले अनुसन्धान गरिरहेको जनाइएको यस्तै बुटवल कार्यालयमा समेत भेप बरामद गरी अनुसन्धान जारी रहेको सशस्त्र प्रहरीले जनाएको

केही दिनअघि मुस्ताङ प्रहरीले समेत कोरला नाकाबाट भन्सार छली गरी ल्याउँदै गरेको १९ हजार थान भेप आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा बुझाएको उक्त कार्यको समेत अनुसन्धान जारी रहेको सशस्त्र प्रहरीले जनाएको सिल्क ट्रान्सपोर्टका सञ्चालकहरूले सो भेप ल्याएको प्रारम्भिक विवरणमा खुलेको बताइएको

सम्बन्धित समाचार