२०८३ बैशाख १९ गते , शनिबार

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा रक्तदान कार्यक्रम

sajilo news
परिवेश मिडिया
२०८१ पौष २७ गते , शनिबार
पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा रक्तदान कार्यक्रम

बिर्तामोड । पृथ्वीनारायण शाहको ३०३औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बिर्तामोडमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । बिर्तामोडको दुर्गा मन्दिर प्राङ्गणमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बिर्तामोड नगर समितिले कार्यक्रम आयोजना गरेको हो ।
राप्रपा जिल्ला अध्यक्ष केशव ओझाले रक्तदान गरेर कार्यक्रम उद्घाटन गरेको पार्टीका नगर सचिव विनोद आचार्यले जानकारी दिए ।
कार्यक्रममा ४२ जनाले रक्तदान गरेका थिए । राप्रपा बिर्तामोड नगर अध्यक्ष लक्ष्मी गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई नेपाल रेडक्रस साेसाईटी बिर्तामोड उपशाखाले प्राविधिक सहयोग गरेको सचिव आचार्यले जानकारी दिए । 

सम्बन्धित समाचार