२०८३ बैशाख १९ गते , शनिबार

कारको ठक्करबाट भारतीय मजदुरको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ पौष २७ गते , शनिबार
कारको ठक्करबाट भारतीय मजदुरको मृत्यु

बिर्तामोड झापाको मेचीनगरमा भारतीय नम्बरको कारको ठक्करबाट एक भारतीय मजदुरको मृत्यु भएको शुक्रबार साँझ ९ः३० बजे मेचीनगर१५ स्थित भगवती प्लाई फ्याक्ट्री नजिकै एक भारतीय कारको ठक्करबाट नगरपालिका१५ स्थित हिम शिखर फ्याक्ट्रीमा कार्यरत मजदुर अप्पु रायको मृत्यु भएको हो

ज्यामिरगढीबाट धुलाबारी तर्फ जाने भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जादैं गरेको डब्लुबी ७४ एजी १२२५ नम्बरको रातो कारले हिम शिखर फ्याक्ट्रीमा कार्यरत भारतको कुच बिहार पश्चिम बगाल बस्ने बर्ष २५ को अप्पु राय सोहि स्थान बस्ने बर्ष २० को केशव मादकलाई ठक्कर दिएर फरार भएको थियो

कारको ठक्करबाट सख्त घाइते भएका उनीहरुलाई उपचारका लागि आम्दा अस्पताल लगिएकोमा ९ः३० बजे डाक्टरले रायलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको अर्का घाइते केशव मादकलाई थप उपचारका लागि बिएण्डसी अस्पताल पठाइएको जनाइएको दुर्घटना गराएर फरार कार चालक भारत पश्चिम बंगाल बागडुग्रा निवासी २३ बर्षीय रोशन खत्रीलाई शनिबार बिहान ११ः२० बजे कारसहित नियन्त्रणमा लिई इप्रका धुलाबारीमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको

सम्बन्धित समाचार