झापालीको अध्यक्षतामा कनकाई सुरुङ्गा प्रेस क्लबको समिति सर्वसम्मत
कनकाई । कनकाई सुरुङ्गा प्रेस क्लबले नयाँ नेतृत्व चयन गरेको छ । आज सम्पन्न तेस्रो अधिवेशनले कनकाई अनलाइनका सम्पादक लिलाराज झापालीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
उपाध्यक्षमा चूडामणि तिम्सिना (सिएम शर्मा) र संगीता उप्रेती, सचिवमा मनोज बस्नेत, सहसचिवमा अनुप भण्डारी र कोषाध्यक्षमा चन्द्रकुमार बस्नेत चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा आइपी भट्टराई, लेखनाथ (केशव) चापागाईं, सुष्मा कुमाल, जनक न्यौपाने र सूर्यप्रकाश अधिकारी चयन भएका छन् ।
नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नारी सञ्चार गृहकी अध्यक्ष रेजिना गौतमलगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा अमृत योङहाङलाई सम्मान गरिएको थियो । नेपाल पत्रकार महासंघको केन्द्रदेखि जिल्लासम्म निर्वाचित पदाधिकारी, सदस्य तथा परिषद सदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।
अग्रज पत्रकार सन्तोष आचार्यले 'समृद्धि र सञ्चार' विषयमा आफ्ना धारणा राख्दै स्थानीय पालिकाले सञ्चारकर्मीहरुलाई आफ्नो समृद्धिसंग जोड्न सक्नु पर्ने बताए ।
रामप्रसाद निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल रहेका थिए ।
उपाध्यक्ष सावित्रा दाहालले स्वागत गरेको कार्यक्रम सचिव मनोज बस्नेतले सञ्चालन गरेका थिए ।