२०८३ बैशाख १९ गते , शनिबार

क्यान्सर पीडित महिलालाई वाइसीएलको सहयोग

sajilo news
परिवेश मिडिया
२०८१ पौष २५ गते , विहीबार
क्यान्सर पीडित महिलालाई वाइसीएलको सहयोग

बिर्तामोड । योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) नेपालले बिर्तामोडकी एक क्यान्सर पीडित महिलालाई सहयोग गरेको छ । बिर्तामोड-३ सिर्जना टोल निवासी हस्तीमाया लिम्बुलाई वाइसीएलले बिहीबार सहयोग गरेको हो ।
वाइसीएल झापाको अगुवाईमा लिम्बुलाई नगद १८ हजार तीन सय, २५ केजी चामल, तेल, चिउरा लगायत खाद्यान्न सहयोग गरेको वाइसीएल झापा अध्यक्ष डेबिड शाही ठकुरीले जानकारी दिए ।
वाइसीएल झापाका अध्यक्ष ठकुरी, सहसचिव रुद्र राउत, जिल्ला सदस्यहरु दीपा लिम्बू, सन्ध्या मास्के लगायतको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको ठकुरीले बताए ।
आर्थिक अवस्था अत्यन्तै कमजोर भएकी लिम्बू चार वर्षदेखि क्यान्सर रोगसँग लडिरहेको र उचित उपचार नपाइरहेकाले उनको उपचारका लागि समेत वाइसीएलले पहल शुरू गरेको ठकुरीले जानकारी दिए । लिम्बू छरछिमेकी र टोल विकासको सहयोगमा गुजारा चलाइरहेको बुझिएको छ । 

सम्बन्धित समाचार