२०८३ बैशाख १९ गते , शनिबार
गैडाको खाग जस्तो देखिने वस्तुसहित एक भारतीय पक्राउ
बिर्तामोड । झापाको मेचीनगरबाट गैँडाको खागजस्तो देखिने वस्तु र लागूऔषधसहित एक भारतीय पक्राउ परेका छन् । प्रहरीले बुधबार मेचीनगर नगरपालिका वडा नं. ६ काँकरभिट्टास्थित हिमालय गेस्ट हाउसबाट भारत पश्चिम बङगाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधामलाई पक्राउ गरेको हो ।
हिमालय गेस्ट हाउसको कोठा नं.१०२ बुकिङ गरी बसेका रामधामले लागुऔषध ल्याई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट डीएसपी मिमबहादुर लामाको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले उक्त कोठा खानतलासी गर्दा गैँडाको खागजस्तो देखिने वस्तु १ थान र खैरो हिरोइन २ ग्राम ८०० मिलिग्राम बरामद गरेकोे हो ।
घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।