२०८३ बैशाख १९ गते , शनिबार

निचाझोडा सिमसार क्षेत्र नमूनाको रुपमा विकास गर्न लायक छ-मन्त्री शाही

sajilo news
परिवेश मिडिया
२०८१ पौष २३ गते , मंगलबार
निचाझोडा सिमसार क्षेत्र नमूनाको रुपमा विकास गर्न लायक छ-मन्त्री शाही

चारआली । संघीय वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही  (ठाकुरी)ले  निचाझोडा सिमसार पर्या-पर्यटन क्षेत्रलाई पुर्वको नमूनाको रुपमा विकास गर्न लायक हुने बताएका छन् ।
निर्माणाधीन अवस्थामा रहेको निचाझोडा सिमसार स्थलमा मंगलबार अवलोकनपछि संघीय वन तथा वातावरणमन्त्री शाहीले त्यहाँको भौगोलिक बनावटको अवस्था हेर्दा नमूनाको रुपमा विकास गर्न लायक भएको बताएका हुन् ।
मन्त्रीको सपथ खाएपछि पहिलो पटक झापामा आएका मन्त्री शाही पाउ पाथीभरा मन्दिरपछि निचाझोडा सिमसार स्थलमा पुगेका हुन् । सुख्खा मौसममा पनि नसुकेको सिमसारमा पानीको अवस्था र सामुदायिक वनको मध्यभाग अवस्थित रहेकाले पनि पर्यटकको आकर्षणको रुपमा रहेको बताए ।
उनले संघीय सरकारले आउने बजेटमा यसको बिकासका लागि योजना समावेश गरेर जाने बताए । मन्त्री शाहीसँग कोशी प्रदेशका पर्यटन तथा वातावरणमन्त्री सदानन्द मण्डललाई संघीय सांसद बिस्वप्रकाश शर्माले निचाझोडा क्षेत्रमा लोपोन्मुख चराको हव रहेको जानकारी गराएका थिए ।
त्यस्तै हातेमालो सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष चन्द्रप्रसाद सिग्देल र यमकान्त  प्याकुरेलले सामुदायिक वन तथा निर्माणाधीन अवस्थाको जानकारी गराउँदै थप विकासका लागि  बजेट आवश्यक रहेको भन्दै मन्त्री महतोको ध्यानाकर्षण गराएका थिए ।
सो अवसरमा कोशी प्रदेशका पर्यटन तथा वातावरणमन्त्री सदानन्द मण्डलले निचाझोडाको बिकासमा आवश्यक बजेटका लागि समितिलाई प्रस्ताव लिएर प्रदेश मन्त्रालयमा आउन आग्रह गरेका थिए । डिभिजन वन कार्यालयका प्रमुख मेघराज राई, नेपाली काङ्ग्रेसका जिल्ला सभापति देउमान थेवे, क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, वनका कर्मचारीहरु सामुदायिक वनका पदाधिकारीहरु उपस्थित थिए ।

सम्बन्धित समाचार