झापामा धान उत्पादनमा वृद्धि
बिर्तामोड । प्रतिकुल मौसममा आएको सुधारका कारण झापामा धान उत्पादनमा बृद्धि भएको छ । २०८१ सालमा धान उत्पादनमा वृद्धि भए पनि उत्पादकत्वमा भने कमी आएको छ । बाली लगाएको क्षेत्रफलको आधारमा धान उत्पादनमा बृद्धि भएको पाइए पनि उत्पादकत्वमा भने ह्रास आएको हो ।
विगत बर्षमा झापामा ८० हजार हेक्टरको हाराहारीमा लगाईएको धान खेति यस बर्ष भने ७५ हजार चार सय ५९ हेक्टर क्षेत्रफलमा मात्र लगाईएको हो । यस वर्ष झापामा तीन लाख ८२ हजार आठसय १२ टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए ।
मौसमी दृष्टिकोणले उपयोगी भएका कारण प्रतिहेक्टर ५.०७ टनका दरले धान उत्पादन भएको बताए । विगत वर्षमा झापामा प्रतिहेक्टर चार लाख टनको हाराहारीमा मात्र उत्पादन भएको कार्यालय प्रमुख विष्टको भनाई छ । बढ्दो शहरीकरणका कारण खेतीयोग्य जमिन घट्दै जानु मुख्य कारण भएको बताउदै प्रमुख विष्टले बाँझो रहेको जमिनलाई समेत खेतिमा परिणत गराई थप उत्पादन बढाईनु पर्नेमा जोड दिए ।
झापामा रञ्जित मुनसुली, सर्ना, कालो नुनिया, बहुगुणी २, राधा १२ लगायतका विभिन्न प्रकारका धानका जातहरुको खेति गरिदै आएको छ ।