२०८३ बैशाख १९ गते , शनिबार

सिटी सेन्टर विन्टर सेलमा २० पिन्ट रगत सङ्कलन

sajilo news
परिवेश मिडिया
२०८१ पौष १८ गते , विहीबार
सिटी सेन्टर विन्टर सेलमा २० पिन्ट रगत सङ्कलन

बिर्तामोड । झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा जारी 'सिटी सेन्टर विन्टर सेल'मा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनसंगको सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २० पिन्ट रगत सङ्कलन भएको आयोजक एलेक्स क्षेत्रीले जानकारी दिए ।
सामुदायिक कुकुर व्यवस्थापनका लागि जारी विन्टर सेल अन्तर्गत विभिन्न कार्यक्रम भैरहेको उनले बताए । कार्यक्रममा २० गते सम्म कुकुर बन्ध्याकरण तथा भ्याक्सिनेसन समेत गरिने उनले बताए ।
पुस २५ गतेसम्म पज सोसाइटीसंगको सहकार्यमा विन्टर सेल सञ्चालन भइरहेको र हरेक साँझ हाउजी तथा सांस्कृतिक कार्यक्रम भइरहेको उनले बताए । 

सम्बन्धित समाचार