२०८३ बैशाख १९ गते , शनिबार

हात्तीको आक्रमणबाट कचनकवलकी राजवंशीको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ पौष १७ गते , बुधबार
हात्तीको आक्रमणबाट कचनकवलकी राजवंशीको मृत्यु

बिर्तामोड हात्तीको आक्रमणबाट कचनकवलमा एक महिलाको मृत्यु भएको कचनकवल गाउँपलिका की ३५ बर्षीया केलाबत्ती राजवंशीको हात्तीको आक्रमणमा परि मृत्यु भएको हो

आज मध्यान्ह कचनकवल गाउँपलिका तारावनास्थित दिपज्योति सामुदायिक वनमा स्थानीय १५२० जना महिला दाउरा घाँस काट्न गएकोमा राजवंशीलाई एउटा जंगली हात्तीले लखेटेको थियो उनी हराएको भनी स्थानीयले इलाका प्रहरी कार्यालय बनियानीमा जानकारी गराउनासाथ प्रहरी टोली खटिएर खोजतलास गर्ने क्रममा वनक्षेत्र नजिकै हात्तीको आक्रमणमा परी घाइते अवस्थामा ४ः४० बजे उनलाई फेला परिएको प्रहरीले जनाएको

उनलाई उपचारको लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर ल्याई थप उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगेकोमा साँझ ५ः१० बजे अस्पताल पुर्याउनसाथ डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयकी निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले जानकारी दिइन्

सम्बन्धित समाचार