२०८३ बैशाख १९ गते , शनिबार

सामुदायिक कुकुर व्यवस्थापनका लागि 'सिटी सेन्टर विन्टर सेल' अफर

sajilo news
परिवेश मिडिया
२०८१ पौष १६ गते , मंगलबार
सामुदायिक कुकुर व्यवस्थापनका लागि 'सिटी सेन्टर विन्टर सेल' अफर

बिर्तामोड । झापामा बढ्दो सामुदायिक कुकुर समस्या समाधानका लागि बिर्तामोडस्थित सिटी सेन्टरमा 'विन्टर सेल अफर' शुरू भएको छ । सामुदायिक कुकुर व्यवस्थापनका लागि रकम जुटाउन अफर शुरू गरिएको हो ।
ग्राहकहरुको मागलाई ध्यानमा राखेर भारी छुटका साथ सेल अफर ल्याएको आयोजकले जनाएको छ ।
सरकारी संयन्त्रको प्रयास मात्र अपुग भएकाले निजी क्षेत्रबाट कुकुर व्यवस्थापनमा सहयोग जुटाउन कार्यक्रम आयोजना गरिएको पज सोसाइटीले जनाएको छ ।
पुस १५ देखि २५ गतेसम्म आयोजना हुने अफर अन्तर्गत सिटी सेन्टरभित्रका १० भन्दा बढी पसलमा २० प्रतिशतसम्म छुट दिने, १८ गते १२ बजेदेखि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनसंगको सहकार्यमा रक्तदान आयोजना गर्ने, १८ देखि २० गतेसम्म कुकुर बन्ध्याकरण तथा खोप कार्यक्रम सञ्चालन गरिने आयोजक मध्येका एलेक्स क्षेत्रीले जानकारी दिए ।
२४ गते आँखासहित स्वास्थ्य परीक्षण गरिने उनले बताए ।
कार्यक्रम अवधिभर साँझ ६ देखि ८ बजेसम्म हाउजि तथा सांगीतिक कार्यक्रमसमेत भइरहेको अर्का आयोजक डिल्ली दाहालले जानकारी दिए । कार्यक्रम सञ्चालनका लागि सम्बन्धित निकायबाट अनुमति लिइएको आयोजकले जनाएको छ ।
कार्यक्रमले सिटी सेन्टरको बजार प्रवर्द्धनमा समेत सहयोग पुग्ने बिर्तामोड सिटी सेन्टरका व्यवस्थापक प्रेम प्रसाद उप्रेतीले बताए । 

सम्बन्धित समाचार