२०८३ बैशाख १९ गते , शनिबार
मेचीनगरबाट लागूऔषध कारोबारी पक्राउ
बिर्तामोड । झापाको मेचीनगरबाट एक जना लागूऔषध कारोबारी पक्राउ परेका छन् । मेचीनगर–९ गैरीगाउँबाट २८ बर्षीय सालु भनिने अजय राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो ।
शुक्रबार साँझ लागूऔषध कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा मा इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक पाण्डवलाल राजवंशीको कमाण्डमा खटिएको प्रहरी टोलीले राजवंशीको घर खानतलासी गर्दा मोटरसाइकलको हेण्डल भित्र लुकाइ राखेको ५ ग्राम ९० मिलिग्राम लागूऔषध, ५० हजार एक सय पचास रुपैँया नगद, विभिन्न कम्पनीका ५ थान मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ ।
राजवंशीलाई इप्रका धुलाबारीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।