२०८३ बैशाख १९ गते , शनिबार

वीरता लेडी जेसीजले पायो दुई अवार्ड

sajilo news
परिवेश मिडिया
२०८१ पौष ११ गते , विहीबार
वीरता लेडी जेसीजले पायो दुई अवार्ड

बिर्तामोड नेपाल जेसीजले झापाको वीरता लेडी जेसीजलाई दुई वटा अवार्ड प्रदान गरेको ५१औँ राष्ट्रिय महाधिवेशनको अवसरमा नेपाल जेसीजले वीरता लेडी जेसीजलाई उत्कृष्ट दुई वटा अवार्ड प्रदान गरेको हो

नेपाल जेसीजका अध्यक्ष रविन पोखरेलले वीरता लेडी जेसीज सन् २०२४ की अध्यक्ष मेनुका ओलीलाई ती अवार्ड प्रदान गरेका हुन् लेडी जेसीले वर्षभरि गरेका रचनात्मक कामको मूल्याङ्कन गरेर नेपाल जेसीजले एकसाथ दुई वटा अवार्ड प्रदान गरेको अध्यक्ष ओलीले बताइन्

नेपाल जेसीजले वीरता लेडी जेसीजलाई शत प्रतिशत प्रभावकारी चलायनमान संस्थाका रुपमा पहिलो अवार्ड दिएको हो विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेकोमा लेडी जेसीजले दोस्रो अवार्ड पाएको हो

यसअघि हरेक महिना लक्ष्य अनुसारका कार्यक्रम पूर्व घोषित तालिकामा सम्पन्न गरेको जनाउँदै नेपाल जेसीजले वीरता लेडी जेसीजलाई अवार्ड प्रदान गर्दै आएको थियो उत्कृष्ट दुई अवार्ड पाएपछि आफूहरु थप उत्साहित भएको अझै मेहनतका साथ काम गर्ने हौसला मिलेको अध्यक्ष ओलीले बताइन्

देशभर नेपाल जेसीजका १७८ शाखा छन् ती शाखाका लागि नेपाल जेसीजले विभिन्न विधामा अवार्ड प्रदान गरेको तीमध्येका दुई वटा अवार्ड वीरता लेडी जेसीजले जितेको हो

सम्बन्धित समाचार