२०८३ बैशाख १९ गते , शनिबार

धार्मिक पर्यटकीय क्षेत्रको विकासमा स्थानीय सरकार लागि पर्ने

sajilo news
परिवेश मिडिया
२०८१ पौष ११ गते , विहीबार
धार्मिक पर्यटकीय क्षेत्रको विकासमा स्थानीय सरकार लागि पर्ने

कनकाई शिवसताक्षी नगर प्रमुख मेगाहाङ थोप्राले धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण, प्रवद्र्धनप्रचारप्रसार एवम्  धामीझाँक्रीहरुको समेत  संरक्षणमा स्थानीय सरकार लागिपर्ने बताएका छन् शिवसताक्षी नगरपालिका स्थित चिल्लागढमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थोप्राले सो प्रतिबद्धता जनाएका हुन्

सामुहिक धामीझाँक्री गुरुपुजा तथा चिल्लागढको चिनारी एवम् माता महारानी तुलसादेवी कार्की (काफ्ले)को जीवनी उपचार पद्दति नामक पुस्तक लोकार्पण कार्यक्रमको अवसरमा  धार्मिक तथा पर्यटकीयस्थल  तन्त्र तथा धामीझाँक्री अध्ययन प्रतिष्ठान कोशी प्रदेश  कार्य समिति तथा भगवती माता महारानी मन्दिर चिल्लागढ समितिद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा थोप्राले आफ्नो परिवारमा पिता पनि धामीझाँक्रीनै भएको धेरै पहिला देखिनै उहाँबाट हुने उपचार पद्धतिबाट पनि आफू प्रेरित हुने गरेको बताए

नेपाली समाजमा धामीझाँक्रीको परिभाषा गलत पाईन्छ यो झाँक्री विद्या भनेको प्रकृतिको स्रोतबाट आर्जन हुने शक्ति वा ज्ञान पनि हो धामीझाँक्रीले गर्ने परम्परागत उपचार पनि विज्ञान सम्बद्ध नै ,’ उनले भने यो विद्याको खोज अनुसन्धान लेखन व्यापक हुनु पर्नेमा जोड  दिँदै नगर प्रमुख थोप्राले अहिलेका धामीझाँक्रीमा साधनाको कमी रहेको त्यसैको परिपूर्ति झाँक्रीको ज्ञान शक्तिको नविकरण गर्नका लागि  नगर धार्मिक तथा पर्यटकीय स्थल चिल्लागढमा  झाँक्रीहरुको तिर्थको आयोजना गरिएकोमा खुशी प्रकट गरे

तन्त्र धामीझाँक्री संघका केन्द्रिय सदस्य तथा कोशी प्रदेश संयोजक रोशन भेट्वालको सभापतित्त्वमा भएको कार्यक्रममा कोशी प्रदेशका  झापा, मोरङ, सुनसरी, इलाम, तेह्रथुम, उदयपुरधनकुटा लगायत जिल्लाका माता (झाँक्रेनी) तथा धामी (झाँक्री) गरि  सय बढीको सहभागीता रहेको थियो

कार्यक्रमलाई सम्बोधनका क्रममा  अध्यक्ष भेट्वालले समाज टुट्न होईन समाज जुट्नु पनि हो भन्दै धामीझाँक्रीहरुको सन्देश धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्नु पर्यटक भित्र्याउनु पनि आफुहरुको मुख्य उद्धेश्य रहेको बताए चिल्लागढको चिनारी एवम् माता तुलसा देवी कार्की (काफ्ले )को जिवनी उपचार पद्धतिको पुस्तक लोकार्पण कार्यक्रममा पुस्तकका खोज अनुसन्धानकर्ता तथा लेखक तन्त्र धामीझाँक्री संघका केन्द्रिय सदस्य तथा कोशी प्रदेश संयोजक तथा कार्यक्रमका अध्यक्ष  भेट्वालले आफुसहित चन्द्रमणि रिमाल, डिल्लीराम बास्कोटासहित विभिन्न व्यक्तिहरुको अथक मेहनत मातासँगको डेढ वर्षभन्दा धेरैको संङ्गत खोज अनुसन्धानबाट  पुस्तक प्रकाशन गर्न सफल भएको सुनाए

लामो समयसम्म गुप्तबास बसेका धामीझाँक्रीका गुरु देवीदेवताका साथमा उधौलीको अवसर पारी विभिन्न  धार्मिक तथा पर्यटकीय स्थलमा पुगेर आफ्ना गुरु तथा देवीदेवताका पुजा गर्ने चलन रहेको सोही मान्यताअनुसार धामीझाँक्रीहरुले जिल्लाको शिवसताक्षी नगरपालिका मा रहेको धार्मिक तथा पर्यटकीयस्थल चिल्लागढ परिसरमा र्याली भेला तथा ढोलेतालेसहित थान थापेर जपध्यान गर्ने चिन्ताको आयोजना गरि मनाएको हो

सम्बन्धित समाचार