२०८३ बैशाख १९ गते , शनिबार

मोरङसहित सशस्त्रका चार एसपी अनुसन्धानका लागि हेडक्वाटर तानिए

sajilo news
परिवेश मिडिया
२०८१ पौष १० गते , बुधबार
मोरङसहित सशस्त्रका चार एसपी अनुसन्धानका लागि हेडक्वाटर तानिए

झापा सशस्त्र प्रहरी बल, नेपालका चार जिल्लाका एसपीहरु छानबिनमा तानिएका छन् तराईका चार फरक जिल्लाका एसपीहरुलाई सशस्त्र हेडक्वाटर हल्चोक तानेर छानबिन सुरु गरिएको

छानबिनमा तानिनेहरुमा मोरङका एसपी विश्व खड्का, धनुषाका एसपी दर्शन गिरी, बाराका एसपी सन्तोषबहादुर सिंह बाँकेका एसपी बिमल डाँगी छन् गिरीलाई गत बिहीबार धनुषाबाट हेडक्वाटर तानेर छानबिन गरिएको बाँकी तीन एसपीहरु भने गत सोमबार हेडक्वाटर तानिएका हुन्

उनीहरुमाथि केही बुझ्नुपर्ने भएकाले हेक्वाटर झिकाइएको सशस्त्रका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेले बताए हेडक्वाटर झिकाइएको कुरा सत्य हो उनीहरुमाथि केही बुझ्नुपर्ने भएकाले बुझ्ने काम भइरहेको प्रवक्ता न्यौपानेले भने

सशस्त्र प्रहरी उच्च स्रोतका अनुसार धनुषाका एसपी गिरीमाथि केही आर्थिक अनियमितताको आरोपमा उजुरी नै परेको बाँकी तीन जनाको हकमा भने राजश्व गडबढी भन्ने आरोप छ।अघिल्लो महिनाहरुको तुलनामा राजश्वमा कमी आएपछि हेडक्वाटर तानेर छानबिन गरिएको हो सशस्त्र प्रहरी उच्च स्रोतले भन्यो

उनीहरुमाथि छानबिन भइरहेको भन्दै अहिले ती जिल्लाको एसपीको रुपमा कसैलाई पनि पठाइएको छैन छानबिनपछि निर्दोष देखिए उनीहरुलाई नै फिर्ता गरिने दोषी देखिए कारबाही गरेर नयाँ एसपी पठाउने हेडक्वाटरको तयारी

सशस्त्र प्रहरी प्रमुख आईजी राजु अर्यालले अर्थिक अनियमिततमा जिरो टोलरेन्स अनुसार कारबाही गरिने सार्वजनिक रुपमा पटक पटक बताउँदै आएका छन् जसअन्तर्गत सशस्त्र प्रहरी हेडक्वाटरबाट समेत तराईका जिल्लाहरुमा टोली पठाएर अनुगमन, नियमन हुँदै आएको

सम्बन्धित समाचार