२०८३ बैशाख १९ गते , शनिबार
अर्जुनधारामा मृत अवस्थामा महिलाको शव फेला
बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका ११ मा पोखरीमा डुबेर मृत अवस्थामा एक महिलाको शव फेला परेको छ । लक्ष्मीधाप बस्ने ५१ वर्षीया बिमला दर्जी मृत फेला परेकी हुन् ।
पुस ७ गते आईतबार घरबाट बेपत्ता दर्जीको शव मङ्गलबार स्थानीय भुपाल गिरीको माछा पोखरीमा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाको जनाएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।