२०८३ बैशाख १९ गते , शनिबार
गाँजा कारोबारमा संलग्न धिमाल पक्राउ
बिर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिका ३ स्थित धिमाल टोलबाट लागूऔषध (गाँजा) कारोबारमा संलग्न एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले २९ बर्षीया दुर्गा धिमाललाई पक्राउ गरेको हो ।
गाँजाको कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले स्थानीय श्याम धिमालको घर खानतलासी गर्दा तयारी गाँजा ४ केजी, भारतीय रुपैया २ हजार ३६०, नेपाली तीन लाख ६ हजार ८७० रुपैँया, १ थान ढकसहित तराजु, माटोको चिलिम ६७ वटासहित धिमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ परेकी धिमाललाई इप्रका धुलाबारीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।