२०८३ बैशाख १९ गते , शनिबार

अस्थायी प्रहरी बिट स्थापनाका लागि छलफल

sajilo news
परिवेश मिडिया
२०८१ पौष ४ गते , विहीबार
अस्थायी प्रहरी बिट स्थापनाका लागि छलफल

बिर्तामोड झापाको बिर्तामोड नगरपालिका वडा नम्बर को सीमानामा रहेको बुद्धिमान टोलमा अस्थायी प्रहरी बिट स्थापना गर्न पहल थालिएको लागूऔषध दुव्यर्सनी जघन्य अपराधको घटना बढेसँगै अस्थायी प्रहरी बिट स्थापनाका लागि पहल थालिएको हो सो क्षेत्रमा गत बर्ष एक वृद्धाको विभत्स हत्या भएपछि प्रहरी बिट स्थापनाका लागि अनौपचारिक छलफल हुँदै आएको थियो  

बिहीबार वडा नम्बर का अध्यक्ष मदन बुढाथोकीको अध्यक्षतामा सम्पन्न भेलाले समाजसेवी ठगबहादुर खड्काले निशुल्क उपलब्ध गराउने जग्गामा अस्थायी प्रहरी बिट स्थापना गर्न सम्बन्धित निकायमा प्रक्रिया अगाडी बढाउने निर्णय भएको मेघाबारी टोल विकास संस्थाका अध्यक्ष भक्ति पाठकले जानकारी दिए

भेलामा सहभागी नेपाली कांग्रेसका नगर सभापति भोजराज सिटौला, नेकपा समाजवादीका नगर अध्यक्ष श्री सिटौला, राप्रपाकी नगर अध्यक्ष रञ्जु प्याकुरेललगायतले उक्त स्थान सुरक्षाका दृष्टिकोणले संवेदनशिल भएको बताउँदै प्रहरी बिट स्थापनाका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए

इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जनशक्ति अभावका कारण पर्याप्त गस्ती गर्न नसकिएको बताए

बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रादेवि महतारा प्रसाईले पछिल्लो समय लागूऔषध दुव्यर्सनीको संख्या बढ्दै जानु चिन्ताको बिषय भएको बताइन् लागूऔषधको कुलतमा फसेका युवायुवतीहरु विभिन्न अपराधिक गतिविधीमा संलग्न हुँदै आएको पाइएकाले नागरिकको भरपर्दो सुरक्षा व्यवस्था मिलाइनु पर्नेमा जोड दिइन् प्रहरी बिट स्थापनाका लगि सम्बन्धित निकायमा पहल गर्ने उनले प्रतिबद्धता जनाइन्

भेलाका अध्यक्षसमेत रहेका नम्बर वडाध्यक्ष मदन बुढाथोकीले दुर्व्यसनीमा फसेका युवायुवतीहरुका लागि पुनर्स्थापनाका कार्यक्रम ल्याउनु पर्नेमा जोड दिँदै त्यसतर्फ काम गर्न नसकिएको स्वीकार गरे सबैलाई खुशी पार्ने गरी बजेट ल्याउनु पर्ने पुरानो प्रवृत्तिका कारण आफुहरुमा दृष्टिकोण हुँदाहुदै पनि त्यसअनुरुप काम गर्न नसकिएको उनले गुनासो गरे उनले त्यस स्थानमा प्रहरी बिटको आवश्यकता औँल्याउँदै सोको स्थापनाका लागि आफुपनि सक्दो लागिपर्ने भन्दै सहयोग गरिदिन सबैलाई आग्रह गरे

भेलामा नेकपा एमाले नगर अध्यक्ष सुवास भट्टराई, कार्यपालिका सदस्य सीता ढुंगाना, सिर्जना, बुद्धिमान, मेघाबारी, कालिकानगर शिवनगर टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधी स्थानीयबासीहरुको बाक्लो उपस्थिती रहेको थियो कालिकानगर टोल विकास संस्थाका सचिव केशव भट्टराईले भेलाको सहजीकरण गरेका थिए  

सम्बन्धित समाचार