२०८३ बैशाख १९ गते , शनिबार

दुई जना युवतीसँग होटलमा बास बसेका युवक मृत फेला

sajilo news
परिवेश मिडिया
२०८१ पौष ४ गते , विहीबार
दुई जना युवतीसँग होटलमा बास बसेका युवक मृत फेला

बिर्तामोड झापाको दमक नगरपालिकास्थि बसपार्कमा रहेको मिलन होटेल एण्ड लजमा दुईजना युवतीसँग बास बसेका एक युवक आज बिहान मृत फेला परेका छन्

मिलन होटल एण्ड लजको भुइँतलाको कोठामा बसेका सिन्धुलीका अन्दाजी बर्ष ३४ का ईन्द्रबहादुर सुनुवार मृत फेला परेका हुन् मृतकको साथबाट ईन्द्रबहादुर सुनुवार लेखिएको परिचय खुल्ने कागजात फेला परेको प्रहरीले जनाएको

मृतकसंगै बस्ने नामथर, वतन नखुलेका दुईजना युवतीलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय दमक लगिएको त्यस्तै प्रहरीले होटल संचालिका निर्मला केसीलाई समेत नियन्त्रणमा लिएको बसपार्कमा रहेको मिलन होटेल एन्ड लजमा यौन धन्दा हुँदै आएको बताइन्छ यौन कार्य गर्न आएका व्यक्तिको मृत्यु भएको आशंका गरिएको

सम्बन्धित समाचार