२०८३ बैशाख १९ गते , शनिबार

पूर्व मेयर शिवाकोटीलाई तेस्रो पटक ७ दिन म्याद थप

sajilo news
परिवेश मिडिया
२०८१ पौष ३ गते , बुधबार
पूर्व मेयर शिवाकोटीलाई तेस्रो पटक ७ दिन म्याद थप

बिर्तामोड घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया नाबालिकालाई पटकपटक जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई थप सात दिन हिरासतमा राख्न झापा जिल्ला अदालतले अनुमति दिएको

पहिलो पटक दिन म्याद लिएको प्रहरीले दोस्रो पटक लिएको पाँच दिनको म्याद सकिएर आज थप म्यादका लागि शिवाकोटीलाई जिल्ला अदालत लगेको थियो प्रहरीले अनुसन्धान नसकिएको बताउँदै थप म्याद मागेपछि आज सात दिनको म्याद थप गरिएको जिल्ला अदालतका स्रेस्तेदार किरण सिंहले बताए

इलाका प्रहरी कार्यालय बिर्तामोडले शिवाकोटीलाई गत मंसिर २३ गते पक्राउ गरेको हो

सम्बन्धित समाचार