२०८३ बैशाख १९ गते , शनिबार

वीरता लेडी जेसीज विवाद : निर्वाचन समितिद्वारा क्षमा याचना

sajilo news
परिवेश मिडिया
२०८१ पौष २ गते , मंगलबार
वीरता लेडी जेसीज विवाद : निर्वाचन समितिद्वारा क्षमा याचना

बिर्तामोड जेसी झुमा भट्टराई चुडालले वीरता लेडी जेसीजको निर्वाचन समितिले आफ्नो बेइज्जत गर्नुका साथै चरित्र हत्या गरेको भन्दै पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेपछि निर्वाचन समितिले क्षमा मागेको

चुडालले लेडी जेसीजको कार्यालयमा सोमबार पत्रकार सम्मेलन गरी आफुले अध्यक्ष पदबाट उम्मेदवारी फिर्ता लिइसकेको अवस्थामा निर्वाचन समितिले मतदान नै नगरी सम्पूर्ण मतदाता (८२) जनाकै मत एकल उम्मेदवार निशा शाक्यको पक्षमा झरेको आफ्नो पक्षमा शुन्य मत झरेको भनि माइन्युट लेखेर आफ्नो चरित्र हत्या गर्नुका साथै बेइज्जत गरेको बताएकी थिइन्  

पत्रकार सम्मेलनमा उनले गाली बेइज्जती सम्बन्धि कसुरमा अदालतमा मुद्दा दायर गर्ने बताएकी थिइन्

घटना सार्वजनिक भएसँगै मंगलबार निर्वाचन समितिले त्यसप्रति ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्तिमार्फत एकल उम्मेदवार निशा शाक्य स्वतः निर्वाचित भएको तर माइन्युट लेख्ने क्रममा माइन्युटमा मत सम्बन्धि विवरण उल्लेख हुन गएको भन्दै क्षमा मागेको हो शासन व्यक्तिको होइन, विधिको हुनुपर्छ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै अघि बढेको बीरता लेडी जेसीजको सन् २०२५ का लागि भएको निर्वाचन प्रक्रियामा अध्यक्ष पदका लागि जेसी झुमा चुँडाल जेसी निशा शाक्यको उम्मेदवारी रहेको थियो तर, जेसी झुमा चुँडालले चुनावी प्रक्रियामा भाग नलिई आफ्नो उम्मेदवारी फिर्ता लिनुभएपछि अध्यक्षको पदमा एक मात्र उम्मेदवार जेसी निशा शाक्य कायम रहनुभएकाले निर्वाचन प्रक्रिया विधि अनुसार कायम रहनुभएकी उम्मेदवार स्वतः विजयी हुने भएकाले हामी निर्वाचन समितिले माइन्युट लेख्ने क्रममा माइन्युटमा मत सम्बन्धी विवरण उल्लेख हुन गएको यसबाट पर्न गएको असरप्रति क्षमाप्रार्थी चाहन्छौं,’ विज्ञप्तिमा उल्लेख

निर्वाचन समितिले कोही कसैप्रति आग्रह पूर्वाग्रह नराखेको मानहानी नगरेको जनाएको जेसीजको विधि विधान निर्वाचन सम्बन्धी स्थापित मान्यताहरुलाई अवलम्बन गरी निर्वाचन समितिलाई सुम्पिएको जिम्मेवारी सम्पन्न गरेको उनीहरुको भनाई निर्वाचनको परिणामलाई लिएर विभिन्न समाचारहरु प्रकाशित प्रसारित भएकोमा आफुहरु दुखित भएको विज्ञप्तिमा उल्लेख गरेका छन् संगीता गिरी, संगीता चिमरिया सरु भुर्तेलले निर्वाचन समितिको तर्फबाट विज्ञप्तिमा हस्ताक्षर गरेका छन्

सम्बन्धित समाचार