२०८३ बैशाख १९ गते , शनिबार

वीरता लेडी जेसीजमा विवाद, मतदान नभई मत संख्या घोषणा

sajilo news
परिवेश मिडिया
२०८१ पौष १ गते , सोमबार
वीरता लेडी जेसीजमा विवाद, मतदान नभई मत संख्या घोषणा

बिर्तामोड वीरता लेडी जेसीजभित्रको विवाद चुलिँदै गएको पछिल्लो पटक सन २०२५ का लागि भएको निर्वाचनमा मतदान नभई मत संख्या उल्लेख भएपछि विवाद सार्वजनिक भएको हो

पछिल्लो पटक मंसिर ३० गतेका लागि तोकिएको २१औँ साधारण सभा तथा २०औँ शाखा अधिवेशनमा मतदान नै नभई निर्वाचन समितिले मत संख्या उल्लेख गरी विजेताहरुको नामावली घोषणा गरेपछि विवाद उत्कर्षमा पुगेको हो

अध्यक्ष पदका लागि झुमा भट्टराई चुडाल निशा शाक्यको उम्मेदवारी परेको थियो निर्वाचनको दिन मनोनयन पत्रमा चुडालले आफ्नो उम्मेदवारी फिर्ता भएको भनि हस्ताक्षर गरेकी थिइन् तर निर्वाचन समितिले कुल मतदाता संख्याले नै निशा शाक्यको पक्षमा मत दिएको चुडालको पक्षमा शुन्य मत झरेको भनी माइन्युट लेखेपछि विवाद अदालतसम्म जाने अवस्थामा पुगेको हो

सोमबार लेडी जेसीजको सचिवालयमा पत्रकार सम्मेलन गरेर झुमा भट्टराई चुडालले आफुले उम्मेदवारी फिर्ता लिइसकेको मतदान नै नभई ८२ जना मतदाताको सबै मत शाक्यको पक्षमा आफ्नो पक्षमा शुन्य मत झरेको भनी आफ्नो बेइज्जत गर्ने मनशायले माइन्युट लेखेबाट आफ्नो मानहानी भएको गुनासो गरिन्   

सन् २०११ देखि आफु वीरता लेडी जेसीजमा आवद्ध भएको उमेरका हिसाबले अध्यक्ष पदका लागि यो आफ्नो अन्तिम बर्ष भएका कारण विगतका बर्षदेखि नै सन् २०२५ का लागि आफुलाई अध्यक्ष बनाउने पूर्व अध्यक्षहरुसँग मौखिक सहमति भएतापनि अन्तिम अवस्थामा आएर निर्वाचन गराउने अवस्था बनेपछि आफुले उम्मेदवारी फिर्ता लिएको बताइन्

मिति २०८१/०८/३० गते आयोजित वीरता लेडी जेसीजको २१औं साधारण सभा तथा २०औं शाखा अधिवेसनमा मैले अध्यक्ष पदको दावी लिएँ। मेरा प्रत्यसी जेसीज निशा शाक्य रहनुभयो संस्थाको मिति २०८१/०८/२८ गते स्थगित भएको ककस कार्यक्रम पश्चात निर्वाचन कार्यक्रम पनि स्थगन रह्यो आपसी सहमतीमा संस्थाको नेतृत्व चयन गर्ने नैतिक सहमति भएतापनि वर्तमान निर्वाचित भएको भनिएका अध्यक्ष निशा शाक्य समेतको योजनामा चुनावी प्रकृयाबाट नै नेतृत्व चयन गर्ने प्रस्ताव पारित गरियो भद्र सहमती विपरित निर्वाचनमा जाने निर्णय सुनाएपश्चात लगायत केही साथीहरु निर्वाचनमा भाग नलिने भनी कार्यक्रम स्थालबाट बाहिरियौं केही साथीले प्रकृयामा आउनुहोस भन्ने खबर गरेपछी निर्वाचन स्थल गई लिखित रुपमा आफ्नो अध्यक्ष पदको उमेद्वारी फिर्ता लिए। मैले अध्यक्ष पदको उमेद्वारी फिर्ता लिए पश्चात अध्यक्ष मेनुका ओली निर्वाचन अधिकृत संगीता गिरीको मिलेमतोमा सन् २०१८ देखीमात्र जेसीजमा आवद्ध निशा शाक्यलाई अध्यक्ष पदमा चयन गरी संपुर्ण नवनिर्वाचित भनिएका कार्यसमितिका सदस्यहरु समेतको हस्ताक्षरमा माईन्युट गरी वीरता लेडी जेसीजका जम्मा ८२ जना मतदाता मध्येबाट जेशी निशा शाक्यलाई ८२ मत जेशी भुमा चुडाललाई मत झरेका कारण जेशी निशा शाक्य अत्याधीक मतका साथ वीरता लेडी जेसीजका २०२५ को अध्यक्ष निर्वाचित हुनुभएको , भनी उल्लेख गरिएको रहेछ,’ विज्ञप्तिमा उल्लेख गरिएको

उनले आफुले उम्मेदवारी फिर्ता लिइसकेपछि पनि शुन्य मत झरेको भनी जानाजान आफ्नो आचरण, ख्याति नैतिकता होच्याउने चरित्र हत्या गर्ने काम भएको बताएकिछन्   विज्ञप्तिमा भनिएको , ‘यसरी सन् २०२५ का वीरता लेडी जेसीजका विजयी अध्यक्ष समितिका संपुर्ण पधाधिकारीहरुले मैले अध्यक्ष पदको दावी लिखित रुपमा फिर्ता लिईसकेपश्चात मेरो ईज्जतमा धक्का पुग्न सक्छ भन्ने जानी जानी बेईज्जती गर्ने बद्नियतले निर्वाचन प्रकृयामा भाग नै नलिएको व्यक्तिका हकमा मत झरेको भन्ने झुठा फरेव व्यहोराको माईन्युट गरी गराई प्रत्यक्ष रुपमा मेरो आचरण, ख्याती वा नैतिकतालाई होच्याउने गरी चरित्र हत्या गरेकामा वीरता लेडी जेसीजका वर्तमान संपूर्ण कार्यसमितिका पदाधिकारी, निर्वाचन सिमितिका पदाधिकारी समेत विरुद्द मेरो बेईज्जती गर्ने बद्नियतले ८२ जना मतदाता मध्येबाट झुमा चुडालले मत प्राप्त गरेको भनी लिखित बेईज्जती गरेकामा गाली बेईज्जती सम्बन्धी कसुरमा कानुनी प्रकृयाबाट सजाय दिलाई न्यायको अनुभुति गर्न चाहेको व्यहोरा जानकारी गराउछु न्यायका लागि आफु अदालतको ढोका ढक्ढक्याउन बाध्य हुने उनले बताएकीछन्  

जेसीजको विधान बमोजिम अक्टोबर अन्तिमसम्म नवीकरण गरेका सदस्यहरुमात्र निर्वाचनमा भाग लिन पाउने व्यवस्था भएपनि डिसेम्बर १३ तारिखसम्मपनि सदस्यता नवीकरण गरिएकोसमेत उनले आरोप लगाएकीछन्

कार्यक्रममा जेसीहरु मञ्जु ओली, लिला खरेल, मञ्जु उप्रेती, दिपा शिवाकोटी, रेनुका महतो, कामना उप्रेती, यशोदा उप्रेती लगायतले झुमा भट्टराई चुडाललाई अन्याय भएको भन्दै न्यायका लागि आवाज उठाए

सम्बन्धित समाचार