२०८३ बैशाख १९ गते , शनिबार
तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
बिर्तामोड । दमकमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गौरादह नगरपालिका वडा नं. ५ बस्ने ३२ वर्षीया जमुना धिमाल र सोही ठाउँ बस्ने २५ वर्षीया मनचरी राई भनिने ओम कुमारी राईको मृत्यु भएको हो ।
गएराति १०ः१० बजे दमक नगरपालिका वडा नं. १० सेतुमारी चोकनजिकै भित्री सडकखण्डमा सेतुमारी चोकबाट बालुबथानतर्फ जाँदैं गरेको प्रदेश नं. १–०१–०१५ प १७९३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक मोरङ रतुवामाई नगरपालिका वडा नं. ८ बस्ने २७ वर्षीय बिराज थापा, सोही मोटरसाइकलमा धिमाल र राई घाइते भएका थिए ।
उपचारको लागि तीनै जनालाई दमक अस्पताल दमक पठाएकोमा घाइते दुवै महिलाको उपचारको क्रममा राति ११ः३५ बजे मृत्यु भएको हो । मोटरसाइकल चालक थापालाई थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको प्रहरीले जनाएको छ ।