२०८३ बैशाख १९ गते , शनिबार

२७ बर्षपछि टीकापुरमा विमान

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर ३० गते , आईतबार
२७ बर्षपछि टीकापुरमा विमान

बिर्तामोड कैलालीको टीकापुर विमानस्थल २७ बर्षपछि पुनः सञ्चालनमा आएको विमानस्थल आइतबारदेखि नियमित सञ्चालनमा आएको

आइतबार तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित कर्मचारी १२ यात्रु बोकेर दिउँसो १ः४४ बजे टीकापुर विमानस्थलमा अवतरण गरेको हो

पहिलो उडानमार्फत टीकापुर आइपुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरी लगायतलाई टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा, उद्योग वाणिज्य सङ्घ टीकापुरका उपाध्यक्ष कृष्ण बजगाइँ लगायतले स्वागत गरेका थिए

राज्यमन्त्री चौधरीले टीकापुर विमानस्थलको छिट्टै स्तरोन्नति गरी आगामी दिनमा काठमाण्डौटीकापुर सिधा हवाई उडान सञ्चालन गरिने बताए

गत निर्वाचनमा पनि मैले टीकापुर विमानस्थल सञ्चालनको प्रतिबद्धता जनाएको थिएँ, आजदेखि टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको , यसको निरन्तरताका लागि मेरो प्रयास रहनेछ,’ उनले भने

टीकापुर नगरपालिकाको पहलमा काठमाण्डौदेखि नेपालगञ्जसम्म यति एयरलाइन्समार्फत नेपालगञ्जबाटकनेक्टिङ फ्लाइट मार्फत टीकापुर विमानस्थलसम्म तारा एयरले उडान गर्ने गरी व्यवस्थापन गरिएको टीकापुरका नगरप्रमुख डगौरा थारूले बताए

विमानस्थलमा प्रत्येक साता आइतबार बिहीबार काठमाण्डौनेपालगञ्जटीकापुर टीकापुरनेपालगञ्ज काठमाण्डौ उडान हुनेछ।

टीकापुर नगरपालिका तारा एयरबीच प्रत्येक उडानमा न्यूनतम १५ सिटको रकम सुनिश्चित गर्ने गरी सम्झौता भएको नगरप्रमुख डगौरा थारूले जानकारी दिए

यति एयरलाइन्सले काठमाण्डौनेपालगञ्ज त्यहाँबाट कनेक्टिङ फ्लाइटमार्फत तारा एयरले नेपालगञ्जटीकापुर उडान भर्नेछ यसका लागि एकमुष्ट काठमाण्डौटीकापुरको एकतर्फी भाडा नौ हजार रुपैँया निर्धारण गरिएको , उनले भने

सम्बन्धित समाचार