२०८३ बैशाख १९ गते , शनिबार

पत्रकार महासंघ झापा अध्यक्षमा गिरी दोहोरिए, सचिवमा मत बराबर

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर २९ गते , शनिबार
पत्रकार महासंघ झापा अध्यक्षमा गिरी दोहोरिए, सचिवमा मत बराबर

बिर्तामोड नेपाल पत्रकार महासंघ झापा शाखाको अध्यक्षमा पुनः एकराज गिरी निर्वाचित भएका छन् नेपाल प्रेस युनियन केन्द्रले राजेन्द्र गौतमलाई आधिकारिक उम्मेदवार बनाएपनि गिरी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् प्रेस चौतारी नेपालसँग गठबन्धन बनाएर गिरीले निर्वाचन जितेका हुन्  

गिरी १३१ मतसहित निर्वाचित हुँदा उनका प्रतिष्पर्धीहरु श्रमजीवी पत्रकारहरुको साझा प्यानलका उम्मेदवार डिकेश लामा नेपाल प्रेस युनियनका आधिकारिक उम्मेदवार राजेन्द्र गौतमले ३४३४ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार टीकाराम नेपाल नेतीले मत पाएका छन्

त्यस्तै उपाध्यक्षमा युनियनचौतारी गठबन्धनका सुब्रत न्यौपाने १२२ मतसहित निर्वाचित हुँदा उनका प्रतिष्पर्धी साझा प्यानलका गणेशमान मुखियाले ८१ मत प्राप्त गरेका छन् महिला उपाध्यक्षमा साझा प्यानलकी विनिता गौतम (बिनिशा शर्मा)निर्वाचित भएकी छन् उनले १०६ मत ल्याउँदा गठबन्धनकी सुशिला संग्रौलाले ८९ मत पाएकी छन् सचिव पदमा भने गठबन्धनका प्रदीप परियार साझा प्यानलका राजु पाठकले बराबरी मत ल्याएका छन् परियार पाठकले ९९९९ मत ल्याएका हुन् मत बराबर भएसँगै तीन बर्षे कार्यकालमा आधाआधा काम गर्ने सहमति भएको

त्यस्तै सहसचिव (समावेशी)मा १११ मतसहित गठबन्धनका तिलक तामाङ योञ्जन निर्वाचित हुँदा उनका प्रतिष्पर्धी साझा प्यानलका चिरञ्जीवी घिमिरेले ८३ मत ल्याएका छन् कोषाध्यक्षमा गठबन्धनका मुक्तिनाथ पौडेल ९९ मतसहित विजयी भएका छन् उनका प्रतिष्पर्धीहरु साझा प्यानलका पुष्पलाल खड्काले ५४ स्वतन्त्र उम्मेदवार शम्भुजित दाहालले ४६ मत प्राप्त गरेका छन् खुल्ला सहसचिवमा भने यसअघि नै गठबन्धनका उम्मेदवार रमेश तिवारी निर्विरोध निर्वाचित भएका थिए

त्यस्तै खुल्ला सदस्यमा गठबन्धनकी अस्मिता साँखी १४८, इशा प्रधान १३५, स्वस्तिका आचार्य १३३, विनोद पाण्डे १३३, द्रोण अधिकारी १२८, सुदिप अधिकारी १२६, दिपेश राजवंशी ११७, देवेन्द्र प्रसाई ९५ भूमिराज पराजुली ९४ मतसहित निर्वाचित भएका छन्

त्यस्तै महिला सदस्यमा साझा प्यानलकी भूकुमारी लिम्बू (भूमिका फियाक) निर्वाचित भएकी छन् उनले ११२ मत ल्याउँदा उनका प्रतिष्पर्धी गठबन्धनकी उम्मेदवार सबिना लिम्बूले ७८ मत पाएकी छन् त्यस्तै आदिवासी जनजाति सदस्यमा गठबन्धनकना इन्द्रबहादुर राई ११० मतसहित निर्वाचित हुँदा नरेश गुरुङले ७१ मत पाएका छन्

त्यस्तै मधेसी सदस्यमा साझा प्यानलका सन्तोष शर्मा १००मतसहित निर्वाचित हुँदा गठबन्धनका मनकुमार शर्माले ९१ मत ल्याएका छन् दलित सदस्यमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका प्रेस चौतारी नेपाल झापाका अध्यक्ष मनकुमार गदाल निर्विरोध भएका थिए त्यस्तै केन्द्रीय परिषद सदस्य खुल्लामा गठबन्धनका उम्मेदवारहरु विष्णु सुब्बा १०१ अर्जुन कार्की ८९ मतसहित निर्वाचित भएका छन् सो पदमा उम्मेद्वारी दिएका समाजवादी प्रेस संगठनका पर्वत पोर्तेलले ६४, साझा प्यानलका उम्मेदवारहरु होमप्रकाश अधिकारीले ५६, नेत्रविक्रम बिमलीले ३७ कमन देवानले २८ मत ल्याएका छन् यसअघि आदिवासी जनजाति महिलामा क्रमशः गठबन्धनका उम्मेदवारहरु विशाल नेम्बाङ लीला अनमोल निर्विरोध भएका थिए १३ जना प्रदेश परिषद सदस्य पनि निर्विरोध भएका थिए

सम्बन्धित समाचार