२०८३ बैशाख १९ गते , शनिबार
पूर्वमेयर शिवाकोटीलाई ५ दिन म्याद थप
बिर्तामोड । जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई थप पाँच दिन हिरासतमा राख्न झापा जिल्ला अदालतले अनुमति दिएको छ ।
चार दिनको म्याद सकिएर आज थप म्यादका लागि शिवाकोटीलाई जिल्ला अदालत झापामा उपस्थित गराइएको थियो । प्रहरीको अनुसन्धान नसकिएकाले अदालतले पाँच दिनको थप म्यादको अनुमति दिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डीएसपी प्रकाश विष्टले जानकारी दिए ।
यसअघि अदालतले शिवाकोटीलाई घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया नाबालिकालाई पटक पटक करणी गरेको आरोपमा पूर्व नगरप्रमुख शिवाकोटीलाई इलाका प्रहरी कार्यालय काकरभिट्टाले मंसिर २३ गते पक्राउ गरेको हो । काकरभिट्टाले आफ्नो क्षेत्र नभएको भन्दै अनुसन्धानका लागि इप्रका अनारमनीको जिम्मा लगाएको थियो ।