२०८३ बैशाख १९ गते , शनिबार
२७ हजार ९ सय अमेरिकन डलरसहित एक नेपाली पक्राउ
बिर्तामोड । ठूलो मात्रामा अवैध अमेरिकन डलरसहित एक जना नेपाली पक्राउ परेका छन् । २७ हजार ९ सय अमेरिकन डलरसहित गौरादह ५ झापाका २५ बर्षीय नौसाद मिया पक्राउ परेका हुन् ।
बिहीबार दिउँसो २ बजे कमल गाउँपालिका ३ स्थित केर्खामा चेकजाँचको क्रममा दमकबाट बिर्तामोडतर्फ आउँदै गरेका मियाको साथबाट प्रहरीले नेपाली बजारभाउ अनुसार ४० लाख ३३ हजार ८५४ रुपैँया बराबरको श्रोत नखुलेको अमेरिकन डलर बरामद गरेको जनाएको छ ।