२०८३ बैशाख १९ गते , शनिबार
बुढाथोकीको शव काबेली खोलाबाट निकालियो
बिर्तामोड । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–५ बाट बेपत्ता भएका राजेन्द्र बुढाथोकीको शव सशस्त्रको गोताखोरले काबेली खोलाबाट निकालेको छ ।
नुहाउने क्रममा बेपत्ता भएका बुढाथोकीको शव ७० फिट गहिराइबाट निकालिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।
पेदाङ बस्ने ४५ वर्षीय बुढाथोकी मंसिर १९ बाट बेपत्ता भएका थिए । बालुवाले पुरिएको अवस्थामा गोताखोरले शव फेला पारेको हो ।