२०८३ बैशाख १९ गते , शनिबार

पूर्व मेयर शिवाकोटीलाई हदैसम्म कारबाहीको माग, अनुसन्धानका लागि चार दिन म्यादथप

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर २५ गते , मंगलबार
पूर्व मेयर शिवाकोटीलाई हदैसम्म कारबाहीको माग, अनुसन्धानका लागि चार दिन म्यादथप

बिर्तामोड आफ्नै घरमा आश्रित नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व मेयर ध्रुवकुमार शिवाकोटीलाई हदैसम्मको कारबाहीको माग गरिएको झापामा क्रियाशील चार महिला संगठनहरूले आज एक विज्ञप्ति जारी गर्दै उनलाई हदैसम्मको कारबाहीको माग गरेका हुन्

यो घटनाको सत्य तथ्य खोजी गरि यस्तो जघन्य अपराध गर्ने  शिवाकोटीलाई कडा भन्दा कडा कारबाही गरियोस् पहुँचको आधारमा दोषीले उन्मुक्ति पाउने कार्य गरे हामी कडा प्रतिकारमा उत्रन बाध्य हुने जानकारी गराउँदछौं साथै उक्त बालिकाको स्वास्थ्य अवस्था चेकजाच गरि उनको प्रभावकारी उपचारका साथै जिउज्यानको सुरक्षा समेत आवश्यक सुरक्षा व्यवस्था गरियोस्,’ विज्ञप्तिमा भनिएको

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान त्यस सम्बन्धि विषयमा विभिन्न छ्लफल गोष्ठीहरु चलिरहेकै बेला एउटा राज्यको स्थानीय सरकारको समेत नेतृत्व गरिसकेका व्यक्ति यस्तो हर्कतमा उत्रिनु अत्यन्तै निन्दनीय कार्य भएको सम्पुर्ण नगरबासीले शिर निहुर्याउनु पर्ने अवस्था सिर्जना भएको उनीहरूले जनाएका छन्

यसै बिच प्रहरीले अनुसन्धानका लागि शिवाकोटी विरुद्ध चार दिनको म्याद थप गरेको जनाएको

सम्बन्धित समाचार