२०८३ बैशाख १९ गते , शनिबार

गढीमाई दर्शन गरेर फर्किएको गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर २५ गते , मंगलबार
गढीमाई दर्शन गरेर फर्किएको गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु

झापा । बाराको बरियारपुर स्थित विश्व प्रसिद्ध गढीमाई मन्दिरमा दर्शन गरेर फर्किरहेको स्कार्पियो रौतहट स्थित राजमार्गमा दुर्घटना हुँदा ज्यान गुमाएका ८ जनाको सनाखत भएको छ । 
सो दुर्घटनामा चालकसहित ८ जनाको मृत्यु हुनुका साथै अन्य ५ जना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका स्थित  धन्सार–लमाहा खोलाको नजिकै आज मंगलबार बिहान दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको हो । 
मृत्यु हुनेमा सिराहा जिल्लाको अर्नामा गाउँपालिका वडा ३ का गाडी चालक श्रीकुमार यादव, दर्शनार्थीहरु स्थानीय ६० वर्षीय लरुवती देवी महरा, ३० वर्षीय उर्मिला महरा, ५० वर्षीय रामकुमारी महरा, ५५ वर्षीय महँगी देवी महरा, ६२ वर्षीय फुलमन्ति देवी महरा, ६० वर्षीय रामकुमारी देवी महरा, ३० वर्षीय शकुन्तला देवी महरा रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले बताए। 
घाइते हुनेहरूमा सोही ठाउँको ३० वर्षीय राधा महरा, २ वर्षीय आर्यन महरा,   २५ वर्षीय देव कुमारी महरा,  ७ वर्षीय ऋतिक महरा र  ६० वर्षीय कन्या देवी महरा रहेका छन् । 
घाइतेहरूको चन्द्रनिगाहपुर स्थित अस्पतालमा सामान्य उपचारपछि बिहान सवा ४ बजे एम्बुलेन्स बाट बयोधा अस्पताल वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले जनाएको छ।

सम्बन्धित समाचार