२०८३ बैशाख १९ गते , शनिबार
मेचीनगरको मदरसामा मध्यरातमा आगलागी
बिर्तामोड । झापाको मेचीनगर–१४ प्रणामी नगर टोलस्थित मझारे सरिफ –मदरसा) को सभाहलमा आगलागी भएको छ । गएराति १२ः१० बजेको समयमा सभाहलमा आगलागी भएको हो ।
एकतले पक्की, माथि टिनको छाना भएको मदरसाको सभाहलमा कोहि नभएको अवस्थामा अचानक आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट मदरसा आंशिक रुपमा जलेको छ । आगलागीबाट करिब ३ लाख बराबरको क्षति भएको जिप्रका झापाका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
मेचीनगर र भद्रपुर नगरपालिकाको दमकलको सहयोगमा स्थानीयबासी र प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले १२ः३० बजे आगो पूर्णरुपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।