२०८१ माघ ४ गते , शुक्रबार

बिर्तामोडमा नयाँ वृद्धाश्रम (स्नेहा माया घर) उद्घाटन

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर २२ गते , शनिबार
बिर्तामोडमा नयाँ वृद्धाश्रम (स्नेहा माया घर) उद्घाटन

बिर्तामोड झापाको बिर्तामोड नगरपालिका वडा नम्बर स्थित लालीगुँरास भक्तबारी टोलमा नयाँ वृद्धाश्रम (स्नेहा माया घर)को औपचारिक उद्घाटन भएको शनिबार एक औपचारिक समारोहका बिच माया घरको उद्घाटन गरिएको हो

गुरुप्रसादडिकमाया ओझा फाउण्डेशनले माया घर सञ्चालनमा ल्याएको हो बिर्तामोडका समाजसेवी गुरुप्रसाद ओझाको परिकल्पनामा फाउण्डेशन शुरु गरिएको हो फाउण्डेशनले वृद्धाश्रम, बाल आश्रम यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुका लागि आश्रम सञ्चालन गर्ने सदस्य हरि ओझाले जानकारी दिए

गत बर्षबाट सञ्चालनमा आएको माया घरको आज समाजसेवी तथा शिक्षासेवी गुरुभक्त न्यौपानेले पानसमा दीप प्रज्वलन गरी औपचारिक उद्घाटन गरे हाल माया घरमा वृद्धा जना वृद्ध आश्रित छन्

विशुद्ध सामाजिक भावनाले सञ्चालनमा ल्याइएको माया घरलाई सहयोग गरिदिन अध्यक्ष गुरुप्रसाद ओझाले आग्रह गरे कार्यक्रमकै बिच हाल अमेरिकामा रहेका भाईले पठाएको ब्ल्याङ्केट दिदी पवित्रा निरौलाले वृद्धवृद्धालाई प्रदान गरेकी थिइन्

नेकपा माओवादी केन्द्र बिर्तामोड का अध्यक्ष राकेशकुमार सिंह, समाजसेवी ध्रुवकुमार शिवाकोटी, लालीगुँरास भक्तबारी टोलविकास संस्थाका अध्यक्ष कान्तिबहादुर कार्की, सिद्धिविनायक भजन किर्तन मण्डलीकी अध्यक्ष गिता पोखरेल, बिर्तामोड का पूर्व वडाध्यक्ष कुलप्रसाद संग्रौलालगायतले शुभकामना मन्तव्य राखेका थिए

कार्यक्रमका वक्ताहरुले सन्तान भएका बुवाआमा वृद्धाश्रम आउने वातावरण बन्न नहुने तर सहारा नै नभएका वृद्धवृद्धाका लागि आश्रम अति आवश्यक भएको बताउँदै वृद्धाश्रमको वृद्धिविकासका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए  

कार्यक्रम ओमशान्तिकी पूर्णिमा दिदीले सञ्चालन गरेकी थिइन्

यस अघि बिर्तामोड किलोमिटरमा रहेको परोपकार अनुसन्धान केन्द्र (वृद्धाश्रम) फाउण्डेशनका अध्यक्ष ओझा कै नेतृत्वमा शुरु गरिएको थियो उनले तारा नमस्ते बालग्राम, ओमशान्ति, उप्रेती भवन, सिद्धिविनायक गणेश पाञ्चायन मन्दिरलगायतलाई जग्गा प्रदान गरेका छन्

सम्बन्धित समाचार