२०८३ बैशाख १९ गते , शनिबार

सार्वजनिक स्थलमा बोलिने अश्लील शब्द नियन्त्रण चुनौती

नियन्त्रणका लागि कारवाहीमै जानुपर्नेमा जोड

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर २० गते , विहीबार
सार्वजनिक स्थलमा बोलिने अश्लील शब्द नियन्त्रण चुनौती

बिर्तामोड झापाको बिर्तामोडमा आज आयोजित एक कार्यक्रमका वक्ताहरुले सार्वजनिक स्थलमा बोलिने अश्लिल तथा फोहोरी शब्द नियन्त्रण जरुरी रहेको निष्कर्ष निकालेका छन्

लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा नारी सञ्चार गृह झापाले बिर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषको सभाहलमा आयोजना गरेकोलैंङ्गिक हिंसा विरुद्धको अभियानः उपलब्धि चुनौती विषयक छलफल कार्यक्रममा हिंसा तथा अधिकार सम्बन्धी काम गर्ने विभिन्न संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधि उपस्थित कार्यक्रममा सहभागी वक्ताहरुले सार्वजनिक स्थलमा बोलिने अश्लिल तथा फोहारी शब्द अभद्र व्यवहार नियन्त्रण चुनौती रहेको बताएका हुन् कार्यक्रममा बोल्दै सहभागीहरुले खासगरी बसपार्क, बस स्टेन, खेलमैदान, मेला तथा हाटबजार जस्ता सार्वजनिक स्थलमा यातायात क्षेत्रमा संलग्न मानिसहरु तथा खेल खेल्ने क्रममा साना ठूला खेलाडीहरुले प्रयोग गर्ने फोहोरी शब्दका कारण पारिवारिक रुपमा हिड्न तथा खेल हेर्न सम्म नसकिने अवस्था आएको उल्लेख गर्दै यस्तो निष्कर्ष निकालेका हुन्

समाजमा अपाच्य हुने कानूनतः दण्डनीय मानिएका शब्द प्रयोग गर्नेसम्म कानूनी कारवाहीबारे सचेतना पुर्याउनुका साथै कारवाहीको दायरामा पनि लैजानुपर्ने बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईले बताइन् सचेतनामुलक प्रचारले मात्र केही नहुने अवस्था आएको बताउँदै कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी नगरप्रमुख प्रसाईले त्यस्ता गतिविधिमा संलग्नलाई सांकेतिक रुपमा भएपनि कारवाही गर्ने हो भने पनि सार्वजनिक स्थलमा अश्लिल शब्द प्रयोगहरु आफैं कम भएर जाने विश्वास व्यक्त गरिन्

सो अवसरमा अतिथि इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रकाश विष्टले समाजमा हुने हिंसा तथा अपराधका घटना न्यूनीकरण गर्नु सबैको दायित्व रहेको उल्लेख गर्दै सहकार्यमा जोड दिए

नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा भएको कार्यक्रममा मानव अधिकार सञ्जाल झापाका अध्यक्ष डा। रुपक खनाल, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, अधिवक्ता लक्ष्मी खनाल कोइराला,   नेपाल उद्यमशील महिला संघ झापा अध्यक्ष पार्वता खरेल, एविसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौला, मानव अधिकारका लागि एकल महिला झापाकी अध्यक्ष रेखा अधिकारी, साना हातहरु भद्रपुरका विक्रम वाग्ले, नेपाल महिला संघ क्षेत्रीय सचिव यशोदा उप्रेती, अनेमसंघ बिर्तामोड नगर कमिटी अध्यक्ष यशोदा प्रसाई, राप्रपा नेपाल बिर्तामोड नगर अध्यक्ष रञ्जु प्याकुरेल, अनेमसंघ क्रान्तिकारीकी नगर अध्यक्ष रिता मिश्र, महिला मुक्ति अभियानकी झापा अध्यक्ष राधा सुब्बा, बिर्तामोड उद्योग बाणिज्य संघ अन्तरगतको महिला उद्यमी समूहकी अध्यक्ष राधिका चुडाल हुमागाँई लगायतले अभियानको उपलब्धी चुनौतीका विषयमा आफ्नो धारणा राखेका थिए

सम्बन्धित समाचार