२०८३ बैशाख १९ गते , शनिबार

एक पछि अर्को कसुरमा तानिँदै दुर्गा प्रसाई

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर २० गते , विहीबार
एक पछि अर्को कसुरमा तानिँदै दुर्गा प्रसाई

बिर्तामोड झापास्थित बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं एक पछि अर्को कानुनी फन्दामा फसिरहेका छन् विद्युतीय ऐन अन्तर्गत पक्राउ परेका प्रसाईंविरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा पनि अदालतबाट पक्राउ पुर्जी जारी भएको हो

जिल्ला अदालत काठमाण्डौबाट उनीविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसपी होविन्द्र बोगटीले बताए  

केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई दोस्रो पटक मंसिर गते पक्राउ गरेको थियो भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याउने हरिचन्द्र फुयलले दुर्गा प्रसाईंलाई भ्वाइस रेकर्ड पठाउने गरेको भेटिएको उनको बयानको आधारमा प्रसाईं पनि आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धानमा तानिएका हुन्

भारतबाट ह्वाट्स एप मार्फत धम्की दिएपछि सो कुराकानीको अडियो रेकर्ड उनले मेडिकल व्यवसायी प्रसाईंलाई पठाउने गरेको भेटिएको सीआईबीका एसपी  बोगटीले बताए उनले भने, ‘व्यवसायीलाई धम्की दिएको अडियो प्रसाईंलाई पठाएको भेटिएको

झापाको चारआली घर भएका फुयललाई प्रहरीले भारतको आसामबाट पक्राउ गरेर काठमाण्डौमा ल्याएर अनुसन्धान गरिरहेको फुयलले भारतीय टेलिकम कम्पनी एयरटेलको दुई वटा सिम लिएर नेपालका व्यवसायीहरूलाई धम्की दिँदै आएका थिए

उनले घण्टादेखि २४ घण्टासम्मको अल्टिमेटम दिएर व्यवसायी बैंकरहरुलाई धम्की दिँदै प्रसाईं नेतृत्वको नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानलाई सहयोग नगरेसिध्याउँछु  भन्ने गरेका थिए सो रेकर्ड उनले प्रसाईंलाई पठाउँथे प्रहरीले अडियो बरामद गरेको   उनले आफूलाई भारतीय गुन्डा नाइकेविश्नोई ग्याङबाट हुँ भन्ने गरेका थिए

प्रसाई पहिलो पटक विद्युतीय कारोबार ऐन अन्तर्गत असोज गते पक्राउ परेका थिए फेक डकुमेण्टको आधारमा सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी ओली विरुद्ध कम्बोडीयामा लगानी रहेको भन्दै भ्रम सिर्जना गरेको आरोपमा दोस्रो पटक पक्राउ परेका प्रसाईंको अनुसन्धान जारी रहेको

 

सम्बन्धित समाचार