झापामा मानवसेवा आश्रमको गुरुयोजना शिलन्यास तथा शाखा कार्यालय उद्घाटन हुने
बिर्तामोड । सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने परिकल्पनासहित शुरु भएको मानवसेवा आश्रमको वृहत गुरुयोजना शिलन्यास तथा शाखा कार्यालय झापाको मेचीनगरमा उद्घाटन हुने भएको छ । आश्रमले १९औँ शाखाको उद्घाटन हुन लागेको हो ।
मंसिर २३ गते आइतबार उद्घाटन कार्यक्रम राखिएको मानव सेवा आश्रमका प्रवक्ता सुमन बर्तौलाले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओली र राधिका शाक्यले कार्यक्रमको उद्घाटन गर्ने उनले बताए ।
आश्रमका लागि मेचीनगर–४ निवासी रामबहादुर प्रधान र उनका परिवारले २ विगाहा ५ कठ्ठा जग्गा उपलब्ध गराएका छन् । उपशाखामा हाल ४३ जना सहयोगापेक्षी सडकआश्रित मानव आश्रित रहेको प्रवक्ता बर्तौलाले जानकारी दिए ।
२०६९ साल भदौ १३ गते मकवानपुरको हेटौँडाबाट शुरु भएको मानवसेवा आश्रमले २०८२ सालभित्र देशभर नै खुला आकाशमुनि बस्नु नपरोस भनेर कार्य गर्दै आएको छ ।