२०८३ बैशाख १९ गते , शनिबार

झापामा तीन ठाउँ आगलागी, १९ लाखको क्षति

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर १६ गते , आईतबार
झापामा तीन ठाउँ आगलागी, १९ लाखको क्षति

बिर्तामोड झापाको तीन अलग अलग स्थानमा आगलागी भएको आगलागीबाट करिब १९ लाख बराबरको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको

शनिबार साँझ करिब ६ः४५ बजे झापा गाउँपालिका वडा नम्बर रमितेटोल बस्ने लुखी हस्दाको घरमा विद्युत लाईन सर्ट भई आगलागी हुँदा टिनको छानो बाँसको टाटीले बनेको कोठे घरमा रहेको सम्पुर्ण मालसामानहरु नजिकै रहेको गोठ समेत पूर्ण रुपमा जलेर नष्ट हुँदा अन्दाजी लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको

त्यस्तै शनिबार राति अन्दाजी १० बजे अर्जुनधारा नगरपालिका वडा नम्बर ११ सालबारी स्थित ४७ बर्षीय भुमिनाथ बराल अमर राउतको बिगाह धान काटि जम्मा गरी राखेको कुन्युमा आगलागी हुँदा अन्दाजी लाख १० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए बिर्तामोड, मेचीनगर भद्रपुर नगरपालिकाको दमकलको सहयोगमा नेपाल प्रहरी   स्थानीयबासीले आगो नियन्त्रणमा लिएका थिए

यता आइतबार विहानको राति १२ः१५ बजे दमक नगरपालिका वडा नम्बर रवि स्टेण्ड बस्ने शिव राईको अढाई तले घरको भुई तलामा किराना, कस्मेटिक खाद्यान्न पसल गरी बस्ने बर्ष ४३ को राम किशोर साहको पसलमा करेन्ट सर्ट भई आगलागी हुँदा पसलमा रहेको सम्पुर्ण किराना सामान, कस्मेटिक सामान, खाद्यान्न सामान, झ्याल, ढोका, फ्रिज अन्य सामान समेत जलेर नष्ट हुँदा करिब १५ लाख बराबरको क्षति भएको सूचना अधिकारी चन्दले जानकारी दिए

सम्बन्धित समाचार