२०८३ बैशाख १९ गते , शनिबार

‘ओभरस्पिड’ कन्ट्रोल गर्न टाइम कार्ड लागू

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर १५ गते , शनिबार
‘ओभरस्पिड’ कन्ट्रोल गर्न टाइम कार्ड लागू

बिर्तामोड कोशी प्रदेशका मुख्य सडकमा कुद्ने यात्रुबाहक बसको तीब्र गति न्यनीकरण गर्न आजदेखि टाइम कार्ड लागू गरिएको पूर्वपश्चिम राजमार्ग अन्तर्गत काँकरभिट्टा मोरङको गछियामा आयेजित कार्यक्रममा टाइम कार्डको सुरुवात गरिएको हो

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्रफिक व्यवस्थापन कार्यालय कोशीको आयोजना तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको सहकार्यमा टाइम कार्ड सुरु गरिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले जानकारी दिए  

प्रदेशका १५ स्थानमा टाइम कार्ड रुजु गर्ने व्यवस्था गरिएको एक ठाउँमा टाइम कार्ड लिएपछि अर्को स्थानसम्म पुग्न कम्तीमा पनि तोकिएको टाइम पूरा हुनुपर्छ यसबाट गाडीमा ओभरस्पिडबाट सवारी दुर्घटना हुने सम्भावना न्युनीकरण हुने कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी चन्द्रकुबेर खापुङले बताए  

यसै बिच चालकहरुले टाइमकार्ड लिँदै बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षरसमेत गरेका हुन् आफू जिम्मेवार सवारी चालक भएर यात्रुहरु अन्य सडक प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्ने, सदैब ट्राफिकसम्वन्धी प्रचलित कानून, नियम सडक अनुशासनको पूर्ण पालना गर्ने, आफ्नो सवारीसाधनको महत्वपूर्ण पक्ष ब्रेक, टायर, लाइट आदिको नियमित निरीक्षण मर्मत सम्भार गर्ने, थकान निन्द्राले प्रभावित भएको अवस्थामा सवारीसाधन नचलाउने, लेन अनुशासनको पूर्ण रुपमा पालना गर्ने निर्धारित गतिमा सवारी चलाउने, जेव्रा क्रसिङमा सदैव पैदल यात्रुलाई प्राथमिकता दिने , ओभरटेक गर्दा सुरक्षित स्थानमा दाहिने तर्फबाट गर्ने, सवारी चलाउँदा मोबाइल फोनलगायत ध्यान अन्यत्र मोडिने गतिविधि नगर्ने मादक पदार्थ, लागूपदार्थलगायत कानूनले वर्जित गरेका वस्तुहरु सेवन नगर्ने उनीहरुले प्रतिबद्धता जनाएका हुन्

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशीका अध्यक्ष सरोज श्रेष्ठले टाइमकार्ड सुरु भएपछि सवारी साधनले गर्ने उछिन पछिनको अन्त्य हुने बताए नेपालमा प्रत्येक दिन सडक दुर्घटनामा परेर औसत जनाको मृत्यु हुने गरेको तथ्यांक गत वर्ष मात्रै हजार सय ८० ले सडक दुर्घटनाबाट ज्यान गुमाएका थिए  

टाइम कार्ड सुरु भएपछि धरानको तिनकुने, काँकडभिट्टा, विराटनगर बसपार्क, विर्तामोड, ताराबारी, केर्खा, बेलबारी, गछिया, इटहरी कलंकी चोक, पकली, कोशीकटान भन्टाबारीमा ट्राफिक प्रहरी अधिकारीले टायमकार्ड चेकजाँच गर्ने गरी क्याडलक तयार गरिएको कोशी प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताए

सम्बन्धित समाचार