२०८३ बैशाख १९ गते , शनिबार

अपाङ्ग बास्केलाई कृतिम हात लगाउन सहयोग गर्ने अग्रवाल दम्पतिको घोषणा

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर १५ गते , शनिबार
अपाङ्ग बास्केलाई कृतिम हात लगाउन सहयोग गर्ने अग्रवाल दम्पतिको घोषणा

बिर्तामोड रोटरी क्लब बिर्तामोडका अध्यक्ष तथा सफल व्यवसायी सुरेशकुमार अग्रवाल (भद्रपुरे)  श्रीमती माया अग्रवालले बिर्तामोड मा बस्दै आएकी दुर्गा बास्केलाई कृतिम हात लगाउन सहयोग गर्ने घोषणा गरेका छन् शनिबार ४४औं वैवाहिक वर्षगाँठ मनाउन बास्के आश्रित बिर्तामोड प्याकुरेल चोकस्थित सन्थाल बस्ती पुगेका अग्रवाल दम्पतिले बास्केको दाँया हात (कृतिम) लगाउन सहयोग गर्ने घोषणा गरेका हुन्

गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयमा कक्षा आठमा अध्ययनरत दुर्गाको दायाँ हात अपाङ्ग रहेको उनको उक्त हातलाई कृत्रिम हात निर्माण गरीदिने उद्देश्यका साथ अग्रवाल दम्पतिले बास्केको घरैमा गएका हुन् उनीहरुले वैवाहिक वर्षगाँठको अवसरमा बास्के परिवारलाई विभिन्न उपहारहरू समेत प्रदान गरेका थिए अध्यक्ष अग्रवालले ती बालिकालाई झापाबाट बीरगंज अस्पतालसम्म जाने आउने खानेबस्नेको समेत प्रबन्ध गरिदिने घोषणा गरेका छन् रोटरी क्लबको संयोजनमा ती बालिकाको हातको उपचार गर्ने प्रबन्ध मिलाइएको अग्रवालले बताए

बालिकाको हातको उपचार गरिदिने घोषणा गरेपछि बास्के परिवारमा खुसी छाएको दुर्गाकि आमाको निधन भएपछि बाबु समेत भारतमा काम गर्न गएकाले उनी मावलामा बस्दै आएकी छिन्

सो अवसरमा उपस्थित मानिसहरुलाई अग्रवाल दम्पतिले मिठाई, बिस्कुट, चाउचाउ लगायतका सामग्रीहरु उपहार स्वरूप दिएका थिए बास्के परिवारलाई एक बोरा चामल, पानी तताउने इलेक्ट्रिक जग बालिकालाई सेट ट्राउजरसमेत उनीहरुले प्रदान गरेका थिए अग्रवालले हरेक वर्ष जन्मदिन वा वैवाहिक वर्षगाँठको अवसर पारेर सामाजिक कार्य गर्दै आएका छन्

सम्बन्धित समाचार