२०८३ बैशाख १९ गते , शनिबार

सतविज छर्न अर्जुनधारामा भक्तजनको घुँइचो

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर १५ गते , शनिबार
सतविज छर्न अर्जुनधारामा भक्तजनको घुँइचो

बिर्तामोड । झापाको अर्जुनधारामा रहेको अर्जुनधारा जलेश्वर धाममा बालाचतुर्दशीको अवसरमा पितृमोक्षको कामना गर्दै सतबिज छर्ने भक्तजनहरुको घुँइचो लागेको छ । विहान २ बजेदेखि नै धामपरिसरमा सतबिज छर्ने भक्तजनहरुको घुइँचो लागेको हो ।

धामको ४२औँ बार्षिक अनुष्ठान तथा बालाचतुर्दशीको अवसरमा नेपालका विभिन्न स्थान, भारत तथा भुटानबाट समेत भक्तजनहरु आएको धाम व्यवस्थापन समितिले जनाएको छ । बालाचतुर्दशीको अघिल्लो साँझ दीप प्रज्वलन गर्ने मानिसहरुको समेत उत्तिकै भीड लागेको थियो । टाढाबाट आएका भक्तजनहरुका लागि बस्ने र खाने व्यवस्था समितिले गरेको जनाइएको छ । दशौँ हजार भक्तजनहरुको व्यवस्थापनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट लगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरु खटिएका थिए ।

धार्मिक स्थलमा बालाचतुर्दशीमा सतबिज छर्नाले दिवंगत पितृहरुले मोक्ष पाउने विश्वास गरिन्छ ।

 

सम्बन्धित समाचार