२०८३ बैशाख १९ गते , शनिबार

उपनिर्वाचन प्रभावित पार्न खोज्ने एमाले सांसद सवार गाडी नियन्त्रणमा

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर १३ गते , विहीबार
उपनिर्वाचन प्रभावित पार्न खोज्ने एमाले सांसद सवार गाडी नियन्त्रणमा

झापा मंसिर १६ गते हुन लागेको कपिलवस्तुको शुद्धोदन गाउँपालिका मा को उपनिर्वाचनलाई उपनिर्वाचनलाई प्रभावित पार्न खोजेको भन्दै प्रदेश सांसद एवं नेकपा एमाले नेताहरू सवार सरकारी गाडीलाई स्थानीयले नियन्त्रणमा लिएका छन्

बिहीबार उक्त वडाको पतरियामा लुम्बिनी प्रदेशसभाको विषेशाधिकार समिति सभापति गिरिधारीलाल न्यौपानेले प्रयोग गर्ने बा १२९७ नम्बरको गाडी स्थानीयले नियन्त्रणमा लिएका हुन्

उक्त गाडीमा प्रदेशसभा सदस्य न्यौपाने, एमाले जिल्ला अध्यक्ष बाबुराम खनाल, पूर्व अध्यक्ष झविलाल पोखरेल लगायत नेताहरू सवार थिए वडाध्यक्षका उम्मेदवार मोहमद ताहिर मुसलमानको पक्षमा मत माग्दै गरेको अवस्थामा नियन्त्रण लिएर प्रहरीको जिम्मा लगाएको मानव अधिकारकर्मीसमेत रहेका स्थानीय रबी ठाकुरले बताए

सहायक निर्वाचन अधिकृत अमर ओलीले स्थानीयले गाडी नियन्त्रणमा लिएको भन्ने सूचना पाएपछि प्रहरी पठाएको बताए गाडी नियन्त्रमा लिएपछि माओवादी केन्द्र जसपाका समर्थकले नाराबाजी गरेका थिए

आज राति १२ बजेबाट उपनिर्वाचनको मौन अवधि सुरु हुँदैछ

सम्बन्धित समाचार