२०८३ बैशाख १९ गते , शनिबार
बिर्तामोड १ ले दियो ठेला
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर १ ले विपन्न लक्षित कार्यक्रम अनुसार सहयोग सुरु गरेको छ ।
वडाले गएका वर्षहरुमा जस्तै यस वर्षपनि गरिब तथा बिपन्न परिवारलाई सहयोग सुरु गरेको हो ।
वडा नम्बर १ स्थित वर पिपल टोलका रामबहादुर राजवंशीलाई ठेला प्रदान गरिएको छ । टोलमै चटपटे व्यवसाय गरेर जिबिकोपार्जनको लागि ४२ हजार रुपैयाँ मुल्यको ठेला प्रदान गरीएको वडाअध्यक्ष तथा नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिए ।
वडाले ठेला उपलव्ध गराउँदा आफुलाई खुशी लागेको राजवंशीले प्रतिक्रिया दिए । वडा कार्यालयका अनुसार बिगतका वर्षहरुमा पनि ठेला लगायत विभिन्न आत्मनिर्भर बनाउने सामाग्री प्रदान गरिएको र यस वर्षपनि सोहि कार्यक्रमलाई निरन्तरता दिएको हो ।