२०८३ बैशाख १९ गते , शनिबार
सशस्त्र प्रहरीद्वारा ठूलो मात्रामा अवैध कपडा बरामद
बिर्तामोड । सशस्त्र प्रहरी बल नेपालले ठूलो मात्रामा लुकाइरहेको अवस्थामा अवैध कपडा बरामद गरेको छ । कचनकवल गाउँपालिकाबाट १२ लाख बढी मूल्यको अवैध कपडा बरामद गरेको हो ।
शुक्रबार बिहान ८:३० बजे कचनकवल गाउँपालिका ६ बस्ने ४० वर्षीय नजाम खातुनको घरमा अवैध कपडा लुकाई राखेको विशेष सूचनाको आधारमा प्रहरीले खानतलासी गर्दा भन्सार छलेर भारतबाट ल्याएर लुकाई राखिएको १२ लाख २० हजार छ सय रुपैयाको कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वा झापाका सूचना अधिकारी मदनकुमार रसाइलीले जानकारी दिए।
(प्रस्तावित) सीमा सुरक्षा गुल्म घेराबारीबाट गुल्मपति सप्रनाउ दिनेश कटुवालको कमाण्डमा खटिएको प्रहरी टोलीले बरामद गरेका उक्त सामान कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाउने तयारी गरिएको उनले जानकारी दिए।