२०८३ बैशाख १९ गते , शनिबार

बिर्तामोडमा सामुदायीक कुकुर बन्ध्याकरण शिविर

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर ६ गते , विहीबार
बिर्तामोडमा सामुदायीक कुकुर बन्ध्याकरण शिविर

बिर्तामोड । बिर्तामोडमा सामुदायीक कुकुरको बन्ध्याकरण शिविर सुरु भएको छ ।
यो वर्ष २ सय वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिने पशुपंछी तथा मत्स्य विकास शाखाका प्रमुख डा. नगेन्द्र खड्काले जानकारी दिए । बिर्तामोडमा सामुदायीक कुकुरको बन्ध्याकरण हरेक वर्ष हुँदै आएको छ । शिविरमा हाम्रो भेटेरिनरी सहकारी संस्था बिर्तामोडले प्राविधिक सहयोग उपलव्ध गराएको छ । यस संस्थाका चिकित्सक सहित १२ जना भन्दा बढी जनशक्ति यस शिविरमा खटिएका छन् ।
बिर्तामोड नगरपालिकाले कुकुर बन्ध्याकरण लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको र सो अनुसार शिविर सञ्चालन गरिएको शाखाकी अधिकृत सावित्रा दाहालले जानकारी दिइन्। उनका अनुसार एउटा कुकुर बन्ध्याकरणको खर्च दुई हजार ६५० रुपैयाँ हुने गरेको छ ।

सम्बन्धित समाचार