२०८३ बैशाख १९ गते , शनिबार

दुर्गा प्रसाईंसँगै पक्राउ परेका समर्थकलाई समेत मुद्धा चलाइने

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर ५ गते , बुधबार
दुर्गा प्रसाईंसँगै पक्राउ परेका समर्थकलाई समेत मुद्धा चलाइने

झापा भक्तपुरस्थित दुर्गा प्रसाईंको घरबाट पक्राउ गरिएका उनका जना समर्थकलाई प्रहरीले मुद्दा चलाउने भएको प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानमा आबद्ध उनीहरुलाई मुद्दा चलाउने निर्णय गरिएको सीआईबीका एसपी होविन्द्र बोगटीले बताए

पक्राउ पर्नेमा देवी सङ्ग्रौला, बलबहादुर तामाङ, माधव पौड्याल, ओमप्रकाश लुइँटेल, सुदिप नेपाल, राजु रानाभाट, विश्वास सुवेदी, तुलसी बराइली रमेश ठकुरी छन् उनीहरूलाई मुलुकी अपराध संहिता२०७४ अन्तर्गत अभद्र व्यवहार सम्बन्धी कसुरमा म्याद लिएर जिल्ला प्रहरी परिसर भक्तपुरको हिरासतमा राखिएको आरोपीहरू विरुद्ध भक्तपुर जिल्ला अदालतबाट दिनको म्याद लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए

मङ्सिर मा प्रसाईं नेतृत्वको समूहले काठमाण्डौमा प्रदर्शन गर्ने तयारी गरेको भड्काउपूर्ण आन्दोलन गर्न सक्ने आशंकमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो तर, प्रहरीले उनीहरूलाई प्रसाईंलाई पक्राउ गर्न खोज्दा प्रहरीको काममा अवरोध सिर्जना गरेको आरोप लगाएको प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध दुष्प्रचार गरेको आरोपमा प्रसाईलाई सीआईबीले मङ्सिर मा पक्राउ गरेको थियो

सम्बन्धित समाचार