२०८३ बैशाख १९ गते , शनिबार

त्रिशुली नदीमा ट्रक खस्यो, तीन जनाको उद्धार

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर ४ गते , मंगलबार
त्रिशुली नदीमा ट्रक खस्यो, तीन जनाको उद्धार

झापा मंगलबार विहान अन्दाजी ५ः५५ बजे एउटा ट्रक त्रिशुली नदीमा खसेको पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका १० खयरघारीबाट ट्रक त्रिशूली नदीमा खसेको हो

दुर्घटनास्थलबाट तीन जना घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको नवलपरासीबाट काठमाण्डौतर्फ आउँदै गरेको लु २५० नम्बरको ट्रक त्रिशूली नदीमा खसेको थियो दुर्घटनास्थलबाट ट्रक चालक नवलपरासी पश्चिमका २७ वर्षीय आशिष महतो, सहचालक २६ वर्षीय राजु थापामगर ट्रक धनी खैरहनी नगरपालिकाका ४६ वर्षीय सुरेश गुरुङलाई उद्धार गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रह्लाद सिलवालले जानकारी दिए

उनीहरुलाई प्रारम्भिक उपचारका लागि मझिमटारस्थित बिहानी फार्मेसीमा पठाइएको प्रहरीले जनाएकोछ

दुर्घटनास्थल धादिङ चितवनको सिमानामा पर्ने हुग्दीखोला नजिकै पर्दछ ट्रक आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको

सम्बन्धित समाचार