२०८३ बैशाख १९ गते , शनिबार

स्कुटरलाई ट्रकले ठक्कर दिँदा शिवसताक्षीकी रोजी कटवालको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर १ गते , शनिबार
स्कुटरलाई ट्रकले ठक्कर दिँदा शिवसताक्षीकी रोजी कटवालको मृत्यु

बिर्तामोड । झापाको बिर्तामोड वडा नम्बर २ रामचौकस्थित पुर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा परी शिवसताक्षीकी रोजी कटवालको मृत्यु भएको छ।
शनिबार साँझ अन्दाजी ६ बजे चारपानेबाट मुक्तिचौक तर्फ आउदै गरेको ना ३ ख ४३६४ नम्बरको ट्रकले सोही दिशा तर्फ आउदै गरेको मे १० प ६०१७ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक शिवसताक्षी नगरपालिका वडा नम्बर ७ बस्ने २२ वर्षीया रोजी कटुवाल गम्भीर घाइते भएकी थिइन । घाइते कटुवाललाई तत्काल बिर्तासिटी अस्पतालमा ल्याई सामान्य उपचार पश्चात थप उपचार बीएण्डसी अस्पतालमा भइरहेकोमा  ८:१५ बजे उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।
स्कुटरमा पछाडी सवार सोही ठाउँ बस्ने  बर्ष २८ कि सरिता राउत सामान्य घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्कुटर, ट्रक र ट्रक चालक जिल्ला झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ९ बस्ने बर्ष ५२ को राजकुमार कार्कीलाई नियण्त्रणमा लिई अनुसन्धान भइरहेको छ । 

सम्बन्धित समाचार