२०८३ बैशाख १९ गते , शनिबार

बिर्तामोडबाट अवैध कपडा बरामद

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर १ गते , शनिबार
बिर्तामोडबाट अवैध कपडा बरामद

बिर्तामोड । झापाको बिर्तामोडबाट सशस्त्र प्रहरी बल नेपालले अवैध रुपमा नेपाल भित्र्याइएको कपडा बरामद गरेको छ । सशस्त्र प्रहरीले बिर्तामोड-५ स्थित महानन्द चोकबाट ७ बोरा अवैध कपडा बरामद गरेको हो ।
शनिबार दिउँसो ३:२० बजे सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश शनिश्चरेबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दिव्यराज कोइरालाको कमाण्डमा १२ जनाको चेकप्वाईन्ट टोलिले काँकडभिट्टाबाट बिर्तामोडतर्फ आउँदै गरेका बिभिन्न सवारी साधनहरु चेक जाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली ल्याएको २ब्लाख ५० हजार बराबरको बिभिन्न किसिमका लत्ता कपडा बरामद गरि भन्सार बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वाटर झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मदन कुमार रसाईलीले जानकारी दिए । 

सम्बन्धित समाचार